सांसद मञ्जु शर्मा अन्सारीको निधन

रिपोर्ट नेपाल | 2024 Mar 17 | 12:38 pm 709

काठमाडौं, ०४ चैत / आइतबार उपचारका क्रममा जनता समाजवादी पार्टी (जसपा) की समानुपातिक सांसद  मञ्जु शर्मा अन्सारीको निधनको शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक स्थगन भएको छ।

आइतबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले शोक प्रस्ताव पढेर सुनाएका थिए। शोक प्रस्ताव पारित गरेर आजको बैठक स्थगित गरिएको सभामुख घिमिरेले जानकारी गराएका छन्। अर्को बैठक चैत ५ गते सोमबार बिहान ११ बजे बस्ने छ।

अन्सारीले २०४६ सालबाट नेपाल सद्भावना पार्टीबाट राजनीति थालेकी थिइन् । पछिल्लो समय भने उनी जनता समाजवादी पार्टी (जसपा)की पोलिटब्युरो सदस्य थिइन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.