सर्वोच्‍चको आदेशपछि फेरि निकिताले सम्हालिन जीम्मेवारी

रिपोर्ट नेपाल | 2018 Jul 19 | 08:48 am 4744

काठमाडौं, साउन ३ : चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले बुधबार पुनः जिम्मेवारी समालेकी छन्। सरकारले भदौ १४ देखी नयाँ सरकार गठन हुनुअघिका सबै राजनितिक नियुक्ति बदर गर्ने निर्णय गरी पत्र थमाएपछि उनी बोर्डबाट बाहिरिएकी थिइन्।

सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालत गएकी निकिताको पक्षमा अदालतले ‘स्टे अर्डर’ दिएपछि उनी पुनः सोही हैसियतमा बोर्ड फर्किएकी हुन्। मंगलबार दिउँसो ११ बजे बोर्ड पुगेकी उनले केही फाइलमा हस्ताक्षर पनि गरेकी छन्।

निकितालाई पत्र थमाएको केही दिनपछि मन्त्रिपरिषद बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं चलचित्र सेन्सर बोर्डका अध्यक्ष ऋषिराम तिवारीलाई तत्कालका लागि बोर्ड सम्हाल्ने जिम्मेवारी दिएको थियो। तर उनले जिम्मेवारी समाल्न नपाउँदै निकितालाई सर्वोच्च अदालतले स्टे अर्डर दिएकाले उनी अध्यक्षका रुपमा बोर्ड जान पाएनन्।

चलचित्र विकास बोर्डको अध्यक्ष खुला प्रतिस्पर्धाबाट चयन गर्नुपर्ने र यो प्रक्रियाका लागि समय लाग्ने भएकाले तत्कालका लागि ऋषिरामलाई बोर्ड समाल्ने जिम्मेवारी सरकारले दिएको थियो। निकिताको पालादेखी चलचित्र विकास बोर्डमा खुला प्रतिस्पर्धाबाट बोर्ड अध्यक्ष नियुक्त गर्न थालिएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.