- महेश सिंह
सिरहा, जेठ २३ः पछिल्लो समय नेपाली गायक संगितकारहरुको गीत बलिउडको नं. १ म्यूजिक कम्पनीबाट सर्वजनिक हुन थालेपछि नेपाली कलाकारहरुमा उत्साह बढेको छ ।
तराई मधेश सहित नेपाल भरी भोजपुरी गीत संगितको अत्यधिक प्रभाव रहेकोले नेपाली कलाकारहरु पनि भोजपुरी भाषामा उत्कृष्ट गीत संगित रेकड गर्न थालेसंगै बलिउडका नं. १ टिसिरीज कम्पनीले सार्वजनिक गर्न थालेको हो ।
निर्विज प्रोडक्सनको प्रस्तुती गायक विजय यादवको स्वारबाट सुसजित भोजपुरी गीति एल्वम रुपवा सलोना… को पहिलो गीत टि–सिरीजले औफिसल युटुव च्यानल माफर्त सर्वजनिक गरिएका छन् ।
टि—सिरिजले गित सर्वाजनिक गरे संगै नेपालमा भोजपुरी दर्शक श्रोतामा चर्चा हुन थालेको हो । टि—सिरिजद्वारा निर्विज प्रोडक्सनको पहिलो गीति एल्वमको पहिलो गीत रुपवा सलोना भन्ने बोलको टाईटल संगै सार्वजनिक गरिएको प्रोडक्सनका सिईओ रचना सिवाकोटीले बताए ।
सिईओ सिवाकोटीका अनुसार गीत सन्तोष उप्रातीको रहेको छ भन्ने पछिल्लो समय नेपालको भोजपुरी संगितमा चर्चित रहेको संगितकार सन्तोष राजको संगितबाट सजाईएको हो ।
रौतहटको फातुवा विजयपुर नपाको सन्तपुर निवासी एवंम तराई मधेशका पहिलो फिल्म स्टडिजमा स्नातक गरेका प्रदेश नं. २ का चर्चित गायक कलाकार विजय यादव निर्विजको स्वरबाट सुसजित उक्त रुपवा सलोना…… गितको म्यूजिक भिडियोको डाईरेक्सन रंधिर श्रेष्ठले गरेको छन् ।
त्यस्तै म्यूजिक भिडियाेमा कलाकारहरु कुमार यस र आर्जू खरेल रहेका छन् भन्ने कारोयोग्राफि अर्जून विसीले गरेका छन् । यो गीतले नेपालको भोजपुरी फिल्म जगतको लागि गौरवको रुपमा स्थापित हुने गायक विजय यादव निर्विजको प्रतिक्रिया रहेको छ ।