काठमाडौं, असार २५ । अर्थमन्त्री डा. प्रकाशशरण महतले शैक्षिक मानचित्रमा पब्लिक क्याम्पसहरुको योगदान महत्वपूर्ण रहेको बताएका छन् । नेपाल पब्लिक क्याम्पस संघको ३३ औं वार्षिकोत्सव समारोहमा “पब्लिक क्याम्पसकाे महत्व बढेकाले नै यसको संख्या देशैभरि बढ्दै गएको छ ” मन्त्री डा. महतकाे भनाइ थियाे ।
पब्लिक क्याम्पसको उपस्थितिले त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरुको आर्थिक दायित्व विस्तार हुने क्रमले एक हदले रोकेको जानकारी दिँदै ‘पब्लिक क्याम्पसमा सर्वसाधारणको पनि योगदान रहने बताएका थिए । जुन वर्ग समूहबाट पब्लिक क्याम्पस पढ्न आउँछन, ती क्याम्पसमा खर्चको व्यवस्थापनमा समुदायको पनि सहभागिता आर्थिक दायित्व कम गर्न मद्दत पुगेको मन्त्री महतकाे भनाइ रहेकाे थियाे ।
पब्लिक क्याम्पस ठूलो संख्यामा देशैभर फैलिएको छ । पछाडि परेको क्षेत्र र स्थानीय तहमा साधन श्रोत जुटाउन कठिन भएका पब्लिक क्याम्पसलाई सरकारले अनुदान दिने गरेको पनि मन्त्री डा. महतले बताए ।
‘बाहिर जाँदैमा सबै कुरा विद्यार्थीको पक्षमा हुन्छ भन्ने छैन । आर्थिक दायित्व थप त छँदैछ । अरु कोणबाट पनि उत्कृष्ट हुन्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन । तर पनि पढ्न बाहिर जानुपर्छ भन्ने मानसिकता हाम्रो समाजमा व्यप्त छ । यसलाई रिर्भस गर्नुपर्ने आजको आवश्यकता छ ।’ मन्त्री डा. महतकाे भनाइ रहेकाे थियाे ।