शान्तिलाई गाँठवालाको प्रश्न ‘कति हजारको साडी लाउँछ्यौ ? ’ (भिडियोसहित)

रिपोर्ट नेपाल | 2018 Jul 22 | 04:13 pm 3710

काठमाडौं, साउन ६ : नायिका शान्ति सापकोटालाई एक गाँठवालाले प्रश्न गर्छन्, ‘तिमि कति हजारको साडी लाउँछ्यौ ? बैंकभरी मेरो पैसा छ ।’ साडीको सिजन अझ भनौँ तीजको सिजनमा गाँठवालाको प्रश्नले शान्ति मख्ख हुन्छिन् । उनै शान्ति हुन्, जसले यसअघि केही चलचित्र, थुप्रै टेलिचलचित्र, गीतहरूमा आफ्नो नायिकाको छवि बनाएकी छिन् । उनै शान्ति हुन् जसले थुप्रै तीज गीतहरूबाट आफ्नो गायिकाको छविसमेत बनाएकी छन् ।

हो उनै शान्तिलाई यसपटकको तीजमा कसैले अफर गरेको छ साडीको । साडीको अफर गर्ने व्यक्ति पनि गायकै हुन्, विजय तिखातरी ।
सन्दर्भ तीजकै हो । हरेक वर्षको तीजमा नयाँ प्रस्तुति ल्याएर आफूलाई गायिकाको रूपमा अब्बल बनाएकी शान्तिले विजयसँगको सहकार्यमा यसपटकको तिजलाई पनि सुगन्धित पार्ने प्रयास गरेकी छन्, तिमी ब्युटीफुल तीज गीतबाट ।

नवलपरासी क्षेत्रमा कलाकारका रूपमा राम्रो छवि बनाइसकेकी शान्तिले केही वर्षअधि दर्जनौँ सडक नाटक, टेलीसिरियल लगायत अभिनयको क्षेत्रमा राम्रो छाप छोडिएकी छिन् । त्यसै गरी तीज गीत मोही माग्ने किनहो ढुङ्ग्रो लुकाउने, मुटु नै हल्लियो लगायत अन्य गीतमा राम्रो अभिनय गदै आएकी शान्ति सापकोटाले केही वर्ष अघि नै भोजपुरी फिल्म र नेपाली कथानक चलचित्र नशा एक लत मा पनि उनले प्रमुख नायिकाको भूमिका प्रस्तुत गरेर ख्याति कमाएकी छन् ।

गत वर्ष पनि आफ्नै स्वरमा ‘मलाई नाच्न मन लाग्यो’ नामक तीज गीत बजारमा ल्याइकी थिइन् । त्यसो त सो गीतमा स्वर दिएका गायक विजय पनि चल्तीका गायक हुन् । लामो समयदेखि गीत सङ्गीतदेखि निर्देशनमा व्यस्त रहेका विजयको सुमधुर स्वरले यो गीतलाई अझ लोकप्रिय बनाउनेमा कुनै शङ्का छैन ।

शान्ति र विजयको स्वर रहेको उक्त गीतमा लयरशब्द सुशील बोहराको छ । गायक विजयकै निर्देशनमा तयार भएको उक्त गीतमा शान्ति सापकोटा र ध्रुव हिमालीले अभिनय गरेका छन् । गीतको म्युजिक भिडियोलाई विवेक सुनारले सम्पादन गरेका हुन भने रञ्जुला फिल्मस् प्रा।लिई ले बजार व्यवस्थापन गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.