काठमाडौं, २ असार : डेनमार्कले आफ्नो पहिलो खेलमा पेरुलाई हराएको छ । शनिबार युसुफ पोउल्ससनको गोलमा डेनमार्कले पेरुलाई १–० हराएको हो ।
खेलको ५९ औं मिनेटमा युरारेले गरेको नै खेल निर्णायक बने । पहिलो हाफमा भिडियो असिस्टेन्ट रेफ्री (भिएआर)प्रणालीमा पेरुले पेनाल्टी पाएपनि गोल गर्न नसक्दा पराजित हुनु परेको हो । पहिलो हाफको अन्तिम मिनेटमा पाएको पेनाल्टी क्रिस्टियन कुयुभाले चुकाएका थिए । उनको प्रहार पोष्टको निकै माथिबाट बाहिरिएको थियो ।
शनिबार भएको पहिलो खेलमा फ्रन्सले अस्ट्रेलियालाई २- १ गोलले अष्ट्रेलियालाई हराएको थियो । खेलको ५७ नौँ मिनेटमा फ्रान्सले पेनाल्टीमार्फत पहिलो गोल गरेको थियो ।
त्यस्तै ६५ औँ मिनेटको ताजा अवस्थामा फ्रान्स र अष्ट्रेलिया दुवैले पेनाल्टीर्फात गोल गर्दै खेल बराबरीमा खेलेका थिए । खेलको अन्त्यमा आएर फ्रान्सले पुनः अर्को एक गोल गर्न सफल भएको थियो ।
आजै भएको दोस्रो खेलमा अर्जेन्टिना र आइसल्याण्ड बराबरी १-१ गोल गरेका थिए । ६२ औँ मिनेटमा पाएको पेनाल्टीमा मेस्सीले गोल गर्न नसकेपछि अर्जेन्टिना र आइसल्याण्डले बराबरी अङ्क बाडे । अर्जेन्टीनाका खेलाडी सर्जियो अग्युरोले खेलको १९ औँ मिनेटमा पहिलो गोल गर्दै आफ्नो टिमलाई सुरुवाती अग्रता दिलाएका थिए भने आइसल्याण्डका खेलाडी फिन्बोसानले खेलको २३ औं मिनेटमा १ गोल गरेपछि खेल १–१ गोलको बराबरीमा पुगेको थियोे ।
अर्जेन्टिनाले ६२ औँ मिनेटमा पाएको पेनाल्टीमा मेस्सीले गोल गर्न नसकेपछि आइसल्याण्डले अर्जेन्टिनालाई बराबरी एक(एक गोलमा रोकेको हो ।