काठमाडाैं, जेठ ९ः मिति २०७९ आश्विन ०३ गते संविधान दिवसको अवसरमा घोषणा भएको विभूषण (अलङ्कार/पदक) बाट आज मंगलबार सम्बन्धित अधिकृत, पदिक तथा अन्यदर्जा विभूषित भएका छन् ।
आज जंगी अड्डामा आयोजित कार्यक्रममा प्रधान सेनापति महारथी प्रभुराम शर्माले संविधान दिवस २०७९ मा घोषित अलङ्कार र पदक प्राप्त गर्ने मध्ये अधिकृत २१, पदिक ६ र अन्यदर्जा १२ गरी जम्मा ३९ जनालाई अलङ्कार र पदकद्वारा सुशोभन गरेका हुन् ।
कार्यक्रममा बलाधिकृत रथी सरोज प्रताप राणा, बलाध्यक्ष रथी सिताराम खड्का लगायत रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।
गत आश्विन ३ गते संविधान दिवसको अवसरमा नेपाली सेनाका २७ जनाले विभिन्न मानपदवी, २७ जनाले अलङ्कार र २९ जनाले पदक प्राप्त गरेका थिए ।
मानपदवी प्राप्त गर्ने सकलदर्जा गत बैशाख १ गते राष्ट्रपति भवनमा आयोजित सुशोभन समारोहमा सम्माननीय राष्ट्रपतिबाट विभूषित भैसकेका छन् ।