‘रेखा थापा मलाई मन पर्छ’

रिपोर्ट नेपाल | 2018 May 28 | 01:43 pm 4579

राजेशपायल राईका बजारमा आएका प्राय सबै गित हिट हुने गरेका छन् । स्टेज कार्यक्रममा उनका फ्यानहरुको समेत प्रवाह नगरी उफ्रिउफ्रि नाचेको देख्दा राजेशपायलका गितमा साच्चिकै जादु भएको महसुस हुन्छ । झन्डैझन्डै तिन दशक देखि नेपाली संगित क्षेत्रमा चर्चाको शिखरमा रहेको राई अहिले सम्म अविवाहित छन् । केहि समय अघि एउटा तस्बीर कारण विवादित जस्तै भएका उनले केहि अनलाईनले पत्रकारिताको मर्यादालाई नाघेर आफूसंग सोध्दै नसोधि प्रेमिका भनेर लेखिदिएको बताउँछन् ।

पत्रकारले लेख्न पायो भन्दैमा जे पायो त्यही लेख्न हुँदैन । अनलाईनले मेरो बहिनी सन्ध्यासंग राखेको फोटोलाई प्रेमीका सार्वजनीक गर्यो‍ भनेर लेखे त्यसले परिवारलाई तनाव मात्रै बनाएनकी झण्डै हाम्रो पवित्र सम्बन्ध नै दरार पैदा गराइदिएको थियो । दर्जनौ गित हिट भएका राजेशपायल राईसंग रिपोर्ट नेपालका लागि गरिएको कुराकानी सारंशमा प्रस्तुत गरेका छौं ।

राजेश जि तपाईको प्रेम र विवाहका बारेमा अलि बढी चासो लिने गरेको पाइन्छ , तपाईचाहि विवाह नै नगरी बस्नुको कारण के हो ?

विवाह गर्नका लागि लगन जुर्नु पर्ने रहेछ सायद मेरो आज सम्म त्यो नजुरेरै होला । जुन दिन लगन जुर्छ त्यो दिन मेरो विषयमा चिन्ता गर्नेहरु खुशी होलान । केही बर्ष अघि सम्म महानायक राजेश हमालका बारेमा पनि त्यस्तै चर्चा हुने गर्थे होइन र ।

आफ्नो हुनेवाली श्रीमती कस्ती होउन भन्ने चाहानुहुन्छ ?

तपाई पत्रकाले जे चाहानुहुन्छ कलाकारले चाहाने पनि त्यही हो । हरेक मान्छेले आफ्नो पेशालाई सम्मन र बुझ्ने श्रीमती हुनुपर्छ भन्ने चाहेको हुन्छ । मैले अहिले विवाहको सोच नगरेकाले अहिले नै अरु के भनौ ।

केही समय अघि तपाईले सार्वजनिक गरेको एउटा युवतीसंगको फोटोको विषयमा ज्यादै चर्चा भयो, कतिपयले त प्रेमीका सार्वजनिक गरेको पनि भने, खास कुरा के हो ?

मैले इन्स्टाग्रममा बहिनीसंगको तस्वीर राखेको थिए, केहि अनलाइनहरुले गलत सूचना प्रवाह गरेछन् । सम्बन्धित व्यक्तिसंग सोध्दै नसोधि गलत कुरा प्रवाह गर्दा पत्रकारिताको विश्वसनीयता माथि प्रश्न उठ्छ । अनलाइनले अफवाह फैलाउदा झण्डै मेरो पवित्र सम्बन्ध बिग्रने काम भएको थियो । सामाजिक संजालमा तपाईले पनि आमा, दिदि, बहिनी वा छिमेकीको फोटो राख्नु हुन्छ होला तपाइको सम्बन्ध बारे नबुझि सिधै गर्लफ्रेण्ड भनिदियो भने कत्तिको तनाव हुन्छ आफै सोच्नुस् त !

फोटो राखेपछि कमेन्टहरु पनि आए होलान नि होइन ?

अनगिन्ती आए नि ! कोही कोही महिला फ्यानले त हाइट मिलेन , त्यो भएन, कति सुहाएको भन्ने सम्म लेखे । हेर्नुस् न मैले गर्लफ्रेण्ड पाए पनि तनाव नपाए पनि तनावमा पर्ने थेप्रै फ्यान रहेछन् ।

जुन दिन राजेशपायल राईले साच्चीकै गर्लफ्रेण्ड आफ्ना फ्यानहरुका सामुन्ने सार्वजनिक गर्छन त्यती बेला कस्तो होला जस्तो लाग्छ ?
देश र विदेशमा रहेका फ्यानहरुको कमेन्ट, म्यासेज देख्दा त त्यो दिन बबालै होला जस्तो छ ।
नढाँटी भन्नुस् त तपाईको प्रेमीका छन् छैनन् ?
यसमा लुकाउनु पर्ने कुरा केही छैन । प्रेम भन्ने कुरा जो कोहीलाई गर्न सकिन्छ । आमा, दिदि बुवा, दाजु, भाउजु, बहिनीलाई पनि त प्रेम गर्न सकिन्छ नि । तर तपाईले प्रश्नमा सोधेजस्तो मेरो गर्लफ्रेण्ड अहिले सम्म छैन । आजका मिति सम्म राजेशपायल मात्रै छ भोली के हुन्छ त्यो भविष्यले देखाउँने हो ।
तपाईले अब विहे गर्छु भनेको पनि बर्षौ भयो किन आजसम्म तपाई सिङ्गल नि ?
मैले अघि पनि भनि सके विहे गर्न लगन जर्नु पर्ने रहेछ भनेर । मैले प्रेमीका बनाउँन नजान्दो रहेछु त्यसैले अब विहेको जिम्म परिवारलाई सुम्पेको छु ।

तपाईले प्रेम गर्न नजानेरै हो त गर्लफ्रेण्ड नभएको ?

म खोटाङ्ग जिल्लामा जन्मिएको मान्छे संगितको लागि काठमाण्डौं छिरेपछि संगितलाई नै बढी प्रेम गर्न थाले । आफ्नो भविष्य संगितमा छ भनेर लागेकोले त्यता पट्टी ध्यान दिनै पाईन ।

तपाईको नाम समय समयमा रेखा थापासंग जोडिन्छ कतै तपाईको हुनेवाला रेखा नै त होईन ?

रेखा थापा मलाई मन पर्छ त्यो सत्य कुरा हो । जबसम्म हुँदैन तबसम्म के हुन्छ भनेर तपाईलाई मैले कसरी भनुँ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.