राष्ट्रियसभाको उपाध्यक्षमा एकीकृत समाजवादीको दाबी

रिपोर्ट नेपाल | 2024 Mar 12 | 01:56 pm 397

काठमाडौँ २९ फागुन / नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीबीच मंगलबार भएको नयाँ सहमति अनुसार राष्ट्रिय सभाको उपाध्यक्षबाट एमाले पछि हटेको छ ।

सत्ता गठबन्धनमा रहेका पाँच दलबीच भएको सात बुँदे सहमतिमा राष्ट्रिय सभा उपाध्यक्ष एमालेलाई दिने यस अघि सहमति उल्लेख गरिएको छैन ।

यसअघि गत फागुन २१ गते चार दलबीच भएको ८ बुँदे सहमतिमा राष्ट्रिय सभा उपाध्यक्ष एमालेले पाउने उल्लेख थियो । त्यसबेला एकीकृत समाजवादी गठबन्धनमा सामेल थिएन । उपाध्यक्षमा एकीकृत समाजवादीले दाबि गरेपछि अहिले एमाले दाबीबाट पछाडी हटेको बताइएको छ

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.