रारा र लुम्बिनी जोड्ने सडकको योजना बनाएको सभामुखको दाबी

| 2018 Jun 22 | 08:39 am 3178

सरकारले पेस गरेको बजेटबारे अनेक टीकाटिप्पणी भइरहेको बेला स्घीय संसदका सभामुख कृष्णबहादुर महराले सरकारले विनियोजन गरेको बजेट पर्याप्त रहेको बताएका छन् । नेपाल पत्रकार महासंघ दाङले विहिबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सभामुख महराले दाङको सम्रग विकास र समृद्धिका लागि सरकारले छुट्याएको बजेटले दीर्घकालीन आधार तयार हुने बताएका हुन् ।

दाङको समृद्धि र विकासका लागि सरकारले सडक सञ्जाल, कृषि, सिँचाइ, पर्यटनलगायत पूर्वाधार विकासका क्षेत्रमा बजेट विनियोजन गरेको उल्लेख गर्दै उनले तुलसीपुर विमानस्थलको विकल्पमा भन्दा पनि देशकै लागि आवश्यक पर्ने अर्काे अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा बनाउन सम्भाव्यता अध्ययनका लागि सरकारले बजेट विनियोजन गरेको जानकारी दिए ।

सरकारले घोराही–मुर्कुटी हुँदै प्यूठान जोड्ने सडकलाई मदन भण्डारी मार्गका रूपमा अघि सारको उल्लेख गर्दै उनले धार्मिक पर्यटन स्वर्गद्वारीलाई कोइलावास नाकासँग तथा पर्यटकीय केन्द्र रारा र लुम्बिनीलाई जोड्ने गरी सडक सञ्जालको विकासका लागि आफूले योजना अघि बढाएको दाबी समेत गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.