मोरङमा भएको सवारी दुर्घटनामा परी बुबा छोरीको मृत्यु

| 2019 Nov 04 | 02:22 pm 1837

मोरङ, कात्तिक १८: सोमबार मोरङमा भएको सवारी दुर्घटनामा परी बुबा छोरीको मृत्यु भएको छ । कोसी राजमार्गअन्तर्गत मोरङको शान्ति चोकमा भएको सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बूढीगंगा गाउँपालिका ५ घर भएका ५२ वर्षीय नेत्र रोग विशेषज्ञ डा शुवालाल माझी र स्टाफ नर्स रहेकी उनकी छोरी २६ वर्षीया अञ्जली माझी रहेको प्रहरीले जानकारी दिए ।

सेन्चुरी मसला उद्योग अगाडि भएको दुर्घटनामा परी मृत्यु भएका शुवालाल विराटनगरको गोल्छा आँखा अस्पतालका नेत्र रोग विशेषज्ञ हुन् भने अञ्जलीकुमारी न्युरो अस्पतालकी स्टाफ नर्स हुन् ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुकाअनुसार उनीहरु को २७ प १०२२ नम्बरको मोटरसाइकलमा विराटनगर आउँदै थिए ।

विराटनगरबाट सुनसरीको खनारतर्फ जाँदै गरेको को १ ख ७२३२ नम्बरको बसले उक्त मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.