गिति कविता
मेरो देशको सुन्दर ठाउँ…………..
मेरो देशको सुन्दर ठाउँ हेरिरहन पाउ
हिमालयको काखमा रहेको मेरो देशमा रमाऊ
मलाई मेरो देश नेपालको धेरै माया लाग्छ
गौतम बुद्ध जन्मेको माटो पवित्र छ
मेरो माटोमा धर्म छ, कर्मछ अनि स्वर्ग छ
मैले मेरो देशलाई विश्वमा चिनाउनु छ
मलाई मेरो माटोमा काम देऊ
म जे छु मेरै देशमा छु अरू के सुनाऊ
मेरो देशको माटोमा सुरक्षित उभिन सकूँ
मेरो देशको बारेमा, म सधैँ सोच्ने गर्छु
यही गाउँ बस्तीमा रमाएर बस्न सकूँ
सगरमाथाको देश नेपाल भनेर चिनाउन सकूँ
यो सुन्दर देशको सेवा गर्ने रहर मनमा छ
मेरो माटोमा धर्म छ, कर्मछ अनि स्वर्ग छ
मेरो देशको सुन्दर ठाउँ हेरिरहन पाउ
हिमालयको काखमा रहेको मेरो देशमा रमाऊ
गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी