मुख्यमन्त्री कँडेलले बोलाए जेठ ४ गते सर्वदलीय बैठक

| 2024 May 11 | 11:14 am 141

काठमाडौँ २९ बैशाख / कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सर्वदलीय बैठक बोलाएका छन्। कर्णालीको समग्र विकास र समृद्विमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूबीच साझा धारणा बनाउने भन्दै मुख्यमन्त्री कँडेलले जेठ ४ गते सर्वदलीय बैठक बोलाएका हुन् ।

समृद्वि र विकास सबैको साझा सरोकारको विषय हो, एक्लाएक्लै हिंडनुभन्दा सबै राजनीतिक दलहरूबीचको साझा सहमति खोज्ने उद्देश्यले सर्वदलीय बैठकको आयोजना गरिएको मुख्यमन्त्री कंडेलले बताए ।

उनका अनुसार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका प्रदेश अध्यक्षसहित ३ जना र दलका नेता वा प्रमुख सचेतकलाई बैठकमा सहभागिताका लागि आमन्त्रण गरिएको छ । प्रदेश सभामा नेपाली कांग्रेस, माओवादी केन्द्र, एमाले, एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रतिनिधित्व छ।

जेठ महिनामा नीति तथा कार्यक्रम र असार १ गते बजेट ल्याउने संवैधानिक व्यवस्था छ । त्यसकै पूर्वतयारीका लागि कँडेलले दलहरुबीच साझा धारणा बनाउन सर्वदलीय बैठक बोलाएको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.