महादुस्मन ट्रम्प र किमको बहुप्रतिक्षित वार्तालाई गोर्खा सैनिकले सुरक्षा दिने

| 2018 Jun 05 | 03:56 pm 3290

काठमाडौं, २२ जेठ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनको बहुप्रतिक्षित वार्तालाई गोर्खा सैनिकले सुरक्षा  दिने भएको छ । दुवै नेताले आ-आफ्ना सुरक्षाकर्मी ल्याउने भए पनि वार्तास्थल, सडक र होटलको सुरक्षा भने सिंगापुर प्रहरीको उत्कृष्ट गोर्खा दस्ताले गर्ने भएको हो ।

यही जेठ २९ गते अर्थात जून १२ मा सिंगापुरमा हुने ट्रम्प र किमको वार्ता स्थानीय समय अनुसार विहान ९ बजे  भेट हुने हृवाइट हाउसले बताएको छ । आगामी मंगलबार सिंगापुरमा हुने वार्ताले विश्वको ध्यायन तानेको छ । किन की  किम र ट्रमबीच महाशत्रुको रुपमा विश्वले नै हेरेको छ ।

सिंगापुर प्रहरीमा भर्ती भएका गोर्खाहरुले रक्षा कवच, बेल्जियममा बनेको एफएन एससीएआर कम्ब्याट राइफल र पेस्तोलसहित सुरक्षा दिनेछन् । सबै अत्याधुनिक हतियारका बाबजुद गोर्खा सैनिकहरु खुकुरीलाई छाड्दैनन्, जुन उनीहरुको परम्परागत रोजाईको हतियार हो । उनीहरुको मान्यताअनुसार खुकुरीलाई प्रत्येकपल्ट म्यानबाट निकालेपछि यसले रगत बगाउनै पर्छ ।

‘उनीहरु सिंगापुरले उपलब्ध गराउन सक्ने सबैभन्दा उत्कृष्ट सुरक्षाकर्मी हुन् र उनीहरु सम्मेलनमा सहभागी हुनेमा म निश्चित छु’ इन्टरनेसनल इन्ष्टिच्युट फर स्ट्राटेजिक स्टडिज ९आईआईएसएस० सिंगापुरको सुरक्षा बल विज्ञ टिम हक्सलीले भने । ‘उनीहरु धेरै मजबुत अग्रपङ्तिको फौजको रुपमा चिनिन्छन् र यस्तो खालको कार्यक्रमहरुको व्यवस्थापन गर्न गोर्खाहरुले विशेष रुपमा तालिम पाएका हुन्छन् ।’

यसअघि भारतीय प्रधानमन्त्रीका साथै क्षेत्रीय मन्त्रीहरु उपस्थित सुरक्षा सम्मेलनका क्रममा साङ्ग्रिला होटलको सुरक्षा गोर्खा सैनिकहरुले नै दिएका थिए । एजेन्सीको सहयोगमा 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.