महंगीका बिरुद्ध पोखरा लेखनाथका तरुणले बिरोध सभा गर्ने

रिपोर्ट नेपाल | 2018 Jun 17 | 03:04 pm 6694

कास्की, असार ३ : नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दल पोखरा लेखनाथ महानगरपालिकाले सरकारका बिरुद्ध विरोध सभा गर्ने भएको छ । तरूण दलका अध्यक्ष महेन्द्र पुनकाे सभापतित्वमा भएकाे बैठकले  विराेध सभा गर्ने निर्णय गरेकाे हाे ।

नेपाल तरुणदल महानगरका सचिव पदम गुरुङ्गका अनुसार वर्तमान केपी ओली नेतृत्वको सरकारले दिन दिनै महंगी बढाएर गरिब जनताको टाउकोमा थोपरीदिएकोमा त्यसको विरोधका लागि विरोध सभा राखिएको बताए ।

दलका सहअध्यक्ष सागर गुरुङ्गले सरकार स्वेच्छाचारी ढंगले अगाडी बढीरहेकोले खबरदारी गर्नका लागि सभा गर्न लागिएको बताए ।

तरुण नेता सुरजजंग राणाले दुई तिहाईको सरकारले निरंकुशता लाद्नका लागि अग्रसर भएकोले आवश्यक परे तरुणहरु टाउकोमा कफन बाधेर ओली सरकारका बिरुद्ध सडकमा आउनु पर्ने बताएका छन् ।

असार ६ गते राखिएको विरोध सभामा उपस्थितिका लागि सबै लोकतन्त्रवादीलाई आव्हान गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.