मलेसियाविरुद्ध नेपाल ६ विकेटले विजयी

| 2023 Apr 18 | 04:48 pm 1237

काठमाडाैं, बैशाख ५ः एसिसी प्रिमियर लिगमा नेपालले विजयी शुरुवात गरेको छ। आज काठमाडौको कीर्तिपुरस्थित क्रिकेट मैदान भएको पहिलो खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको हो।

जितको लागि २ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ३६ दशमलब २ ओभरमा ४ विकेट गुमाएर विजयी लक्ष्य सहज रुपमा पुरा गर्यो ।  नेपालका लागि  भीम सार्कीले ९८ बलमा ५ चौक्कासंगै सबैभन्दा वढि ७१ रन बनाए । त्यसैगरी  कुसल मल्लले  ४० बलमा ५ चौक्का र ५ छक्कासंगै ७० रन बनाए ।

नेपालका कप्तान रोहित पौडेल ४३बलमा ५चौकासहित ४२ रन बनाएर आउट भएका छन। त्यसैगरी कुसल भुर्तेल ३१ बलमा ५ चौका २ छक्कासहित ३८ रन बनाएर आउट भएका छन।  यसअघि नेपालले ओपनर आसिफ शेखलाई एक रनमै गुमाएको थियो।

त्यसअघि कीर्तिपुरस्थित क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३५ रन बनाएको थियो।मलेसियाका कप्तान अहमद फैज ९५ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ७६ रनको योगदान दिए। नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले समान तीन विकेट लिए। त्यसैगरी ललितनारायण राजबंशीले २ तथा गुल्सन झाले १ विकेट लिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.