मनि ट्रान्सफरका सञ्चालकमाथि रौतहटमा गोली प्रहार

| 2024 Mar 15 | 03:32 pm 969

काठमाण्डौ ०२ चैत / शिव मनि ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेश साहमाथि रौतहटमा गोली प्रहार भएको छ । रौतहटमा शुक्रबार दिउँसो एक जना मनि ट्रान्सफरका सञ्चालकमाथि लुटेरा समूहले गोली प्रहार गरेको छ ।

उनलाई उपचारको लागि वीरगञ्ज ल्याइएको छ । लुटपाट गर्ने उद्देश्यले मनि ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार भएको हुनसक्ने तर घटनाको बारेमा बिस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डीएसपी एजिला गिरीले गोली चलाउने समूहलाई समेत पक्राउ गरिएको बताइन् । हामीले गोली चलाउने समूहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेकाहरुको साथबाट हतियार समेत बरामद भएको छ । घाइतेलाई भने उपचारका लागि वीरगञ्ज पठाइएको छ । लुटेराको समूहले लुटपाट गर्ने उदेश्य गोली चलाएको पाइएको प्रहरीले बताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.