बेइजिङ पुगेर प्रधानमन्त्रीले गरे चिनियाँ भाषामै सम्बोधन

| 2018 Jun 19 | 06:49 pm 2853

बेइजिङ,  असार ५ :   प्रधानमन्त्री केपी ओलीले बेइजिङमा चिनियाँ भाषामा नै सम्बोधन गरेका छन् । सम्बोधनको पहिलो लाइन वाचन गरेर प्रधानमन्त्रीले उपस्थित चिनियाँको ध्यान खिचेका थिए।

मंगलबार साँझ बेइजिङ पुगे ओलीले हिमाल वारिपारिको कनेक्टिभिटीलाई बलियो बनाएर दुईपक्षीय सहकार्य अघि बढाउने बताएका छन् ।

चीन नेपालको भरपर्दो छिमेकी तथा मित्रराष्ट्र भएको बताउँदै दुईपक्षीय सहकार्य अघि बढ्ने प्रधानमन्त्री ओलीले बताए।

नेपालले एक चीन नीतिलाई सदा समर्थन गर्दै आएको दोहोर्‍याउँदै चीनले गरेको तीव्र विकासबाट नेपालले पनि लाभ लिन चाहेको बताए। नेपाल बेल्ट एण्ड रोड इनिसियटिभ्स ९बीआरआई० मा आबद्ध भइसकेकोले अब ठूला लगानी र हिमालपारिको कनेक्टीभिटीमा जोड दिनुपर्ने बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.