बीस रूपियाले लियो बृद्धाकाे ज्यान

रिपोर्ट नेपाल | 2023 Nov 09 | 01:57 pm 1693

अर्घाखाँची, कात्तिक २३। बीस रूपैया नदिएकाे भनी मुक्का र खुकुरीकाे पछाडीकाे भागले प्रहार गरि ७२ वर्षिय हरीकला भुसाललाई हत्या गरेकाे आराेपमा गाेपाल नेपालीलाई प्रहरीले पक्राउ गरेको छ।मालारानी गाेखुङ्गाकी बृद्धा महिलासँग बीस रूपैयाँ नदिएकाे भन्दै झगडा गरेका नेपालीले झगडाले उग्र रूप लिएपछि मुक्का र खुकुरीकाे पछाडिको भागले प्रहार गरि हत्या गरेको प्रहरीलाई साविति बयान दिएका छन।मालारानी स्थाई घर भई भुमिकास्थान बस्दै आएका उनले हत्या गरेपछि बृद्धाकाे सुनका गरगहना लुटेर फरार भएका थिए।कात्तिक १४ मा हत्या गरि फरार भएका नेपालीलाई पक्राउ गरि अदालतबाट म्याद थप गरि प्रहरीले अनुसन्धान गरिरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.