बाजुरामा भुकम्प

रिपोर्ट नेपाल | 2018 Jun 05 | 11:26 am 1443

बाजुरा , जेठ २२ : एकाबिहानै बाजुरामा भूकम्पको धक्का महसुस गरिएको छ ।

मंगलबार बिहान ७:१९ बजे बाजुराको बिच्छ्या नजिकै केन्द्रबिन्दु भइ ४.९ म्याग्‍नीच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प माप केन्द्रले जनाएको छ ।

१२ वैशाख , २०७२ को विनाशकारी भूकम्पपछि पराकम्प जाने क्रम रोकिएको छैन । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार, यो नयाँ भूकम्प नभएर २०७२ को भूकम्पको पराकम्पन हो ।

गोरखा भूकम्पपछि चार रेक्टर स्केलभन्दा माथिका ५०० भन्दा बढी पटक परकम्प गइसकेको केन्द्रले जनाएको छ । केन्द्रको तथ्याकं अनुसार जेठमा मात्रै दोलखा, गोरखा, दैलेख, दार्चुला बाजुरा गरी पाँचपटक पराकम्प गएको छ ।

चार रेक्टरभन्दा साना परकम्प हजारौँको संख्यामा गइसकेका छन् । चार रेक्टरभन्दा साना परकम्पको खासै असर नपर्ने भूकम्प मापन केन्द्रले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.