बाजुरा, मंसिर १८ः बाजुराबाट नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे निर्वाचित भएका छन् । पाण्डेले नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापालाई ५,४३७ मतान्तरले पछि पार्दै विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ । पाण्डेले ३१ हजार ७८६ मत प्राप्त गर्दा थापाले २६ हजार ३४९ मत ल्याएका छन् ।
बुथ कब्जा र बुथमा भएको विवादमा दुई जना युवा गुमाउनु परेको विषयलाई लिएर केही दिन रोकिएको मतगणना निर्वाचन आयोगले गणनाका लागि निर्देशन दिए पनि ढिलो गरी शुरु भएको थियो । नेकपा एमालेले १६ र नेपाली काँग्रेसले ८ स्थानमा बुथ कब्जा गरेको आरोप सहित पुन मतदानको मागको उजुरी दिएका थिए ।