बझाङमा ४.५ म्याग्निच्युडको भूकम्प

| 2023 May 24 | 08:11 am 1081

बझाङ, जेठ १०: बझाङमा आज बिहान भूकम्प गएको छ । बिहान ४ बजेर ६ मिनेट जाँदा भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बझाङको दौलीचौर आसपास केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो ।

पछिल्लो समय पश्चिम नेपाललाई केन्द्र बनाएर भूकम्पका धक्का गइरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.