काठमाडौँ १४ असार / मध्यपूर्वमा फेरि तनाव चुलिएको छ। क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बन्दै जाँदा कुवेत र बहराइनलाई लक्षित गरी आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
आक्रमणपछि दुवै देशमा सुरक्षा सतर्कता उच्च पारिएको छ भने सम्बन्धित निकायहरूले क्षतिको विवरण संकलन गरिरहेका छन्। घटनापछि क्षेत्रीय तथा अन्तर्राष्ट्रिय समुदायले संयमता अपनाउन र तनाव थप नबढाउन सम्बन्धित पक्षहरूलाई आग्रह गरेका छन्।
यस घटनाले हालै केही समयका लागि मत्थर बनेको मध्यपूर्वको द्वन्द्व फेरि बल्झिने संकेत दिएको विश्लेषण गरिएको छ। आक्रमणको जिम्मेवारी, क्षतिको पूर्ण विवरण तथा त्यसपछिका सुरक्षा अवस्थाबारे थप जानकारी आउने क्रम जारी छ।