फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

रिपोर्ट नेपाल | 2018 Jun 03 | 05:45 am 3324

काठमाडौं, जेठ २०: नेपाल आयल निगमले पेट्रोल, डिजल तथा मट्टितेलको मूल्य शनीबार मध्यरातदेखि लागू हुने गरी फेरी बढाएको छ ।

पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर रु तीन-तीन का दरले वृद्धि गरेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

यो सँगै पेट्रोलको मूल्य ११३ पुगेको छ भने डिजेल र मट्टितेलको रु ९५ पुगेको छ । ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ ।

यो मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर रु १.५९ तथा डिजेल र मट्टितेलमा रु ३.४९ घाटा रहेको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.