पिकअप सडकदेखि ५ सय मिटर तल खस्यो, दुईको मृत्यु , दुईको घाइते

रिपोर्ट नेपाल | 2018 Jun 14 | 05:01 pm 3030

बागलुङ, जेठ ३१ : गल्कोटदेखि यात्री लिएर ताराखोला गाउँपालिका-२ अर्गल जाँदै गरेको पिकअप खस्दा २ को मृत्यु भएको छ । ग१ज ६०३४ नम्बरको पिकअप बिहीबार दिउँसो १ बजे भातखाने डाँडा नजिकै सडकदेखि ५ सय मिटर तल खस्दा दुईको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ताराखोला गाउँपालिका-३ का २४ वर्षीय हेमन्त घिमिरे र ५५ वर्षका हरिराम गिरी छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ग१ज ६०३४ नम्बरको पिकअप बिहीबार दिउँसो १ बजे भातखाने डाँडा नजिकै सडकदेखि ५ सय मिटर तल खसेको हो ।

जिपका चालक डम्बरबहादुर घिमिरे र अर्का यात्री ४२ वर्षका कर्णबहादुर भण्डारी घाइते भएका छन् । उनीहरु दुवैलाई उपचारका लागि स्थानीय र प्रहरीले उद्दार गरी गलकोट प्राथमिक स्वास्थ्य केन्द्र पठाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.