काठमाडौं, असोज १४ः पानीको फोका जस्तै फुट्यो हाम्रो माया भन्ने गीतको अपार सफलतापछि फेरि पानीको फोका २ सार्वजनिक भएको छ ।
उक्त गीतको शब्द चयन डा राजुबाबु श्रेष्ठ, संगीत हरि लम्साल, स्वर रजिना रिमाल र संगीत संयोजन किरण कडेलको रहेको छ ।
पानीको फोका जस्तै फुट्यो हाम्रो माया गीतले नेपाली संगीतको क्षेत्रमा आफ्नो छुट्टै परिचय बनाउन सफल भएको र करोडौं श्रोताको मनमा बस्न सफल भएकोले सोही प्रेरणाबाट पुनः हामी चारैजनाको सहकार्यमा तिमी आउन सक्छौ (पानीको फोका २) तयार गरेको गीतकार राजुबाबु श्रेष्ठले जानकारी दिए ।
उक्त गीत युट्युबबाट सार्वजनिक भईसकेको पनि उनले बताए । गीतको भिडियोमा लक्ष्मी बर्देवा र जीवन भट्टराईको निर्देशन तथा अभिनय रहेको छ । भिडियाे लिंक https://www.youtube.com/watch?v=U8fKnZuW0vg
भिडियो