पशुपतिको पार्किङ्गमा दलाल र व्यवसायीको रजाई

| 2023 Jul 10 | 10:50 am 2533

काठमाडौं,असार २५ । पशुपतिनाथको दर्शन गर्न आउने दर्शनार्थीका लागि भनेर छुट्याइएको पार्किङ्गमा यातायात व्यववासीको रजाई भएको पाइएको छ । रिपोर्ट नेपाललाई समाचार प्राप्त अनुसार दर्शनार्थीका लागि व्यवस्थीत गरिएको पार्किङ्ग स्थलमा पूर्व चल्ने बसको व्यवसायीक पार्किङ्ग बनाइएको छ ।

पशुपति विकास कोषका नाममा शुल्क उठाउन बसेकाहरुले दर्शनार्थी पार्किङ्गमा पूर्व चल्ने बसलाई पार्किङ्ग गराएर प्रति बसबाट दैनिक कम्तिमा एक हजार अवैध रुपमा शुल्क लिने गरेको समाचार स्रोत बताउँछ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सबै व्यवसायीक सवारी साधन नयाँ बसपार्कबाट मात्रै संचालन गर्ने भनेर दिएको निर्देशनलाई हावामा उडाउदै पशुपतिनाथको दर्शनार्थी पार्किङ्गलाई पूर्व चल्ने बसको पार्किङ्ग बनाइएको छ ।

पार्किङ्ग वापत उठाउने चर्को रकम कहाँ कसले उपयोग गरेको छ त्यसको खोजीनिति हुन जरुरी छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.