न्युक्यासलमाथि स्पर्सको गोल वर्षा, चेल्सी पराजित

| 2023 Dec 11 | 07:24 am 357

लण्डन, मंसिर २५। आफ्नो खराब फर्मलाई अन्त्य गर्दै टोटनह्याम हटस्पर्सले न्युक्यासलमाथि ४–१ को शानदार जीत हासिल गरेको छ । स्पर्सले यसअघिका पाँचमध्ये चार खेलमा पराजय बेहोरेको थियो ।

तर, आइतबार रिचार्लिसनको दुई तथा डेस्टिनी उडोगी र सन ह्युङ मिनको एक–एक गोलको मद्दतले स्पर्सले न्युक्यासललाई पराजित गर्न सफल रह्यो । खेलको इन्जुरी समयमा जोयलिङटनले न्युक्यासलका लागि सान्त्वना गोल गरेका थिए ।

स्पर्स १६ खेलबाट ३० अङ्कसहित लिगको पाँचौँ स्थानमा रहेको छ । न्युक्यासल समान खेलबाट २६ अङ्क बटुलेर सातौँ स्थानमा छ ।

 

_131972625_doucoure-main

 

उता चेल्सीलाई हराउँदै एभर्टनले प्रिमियर लिगमा सन् २०२१ पछि पहिलोपटक लगातार तेस्रो जीत हासिल गरेको छ । आइतबारको खेलमा एभर्टन २–० गोलले विजयी बन्यो ।

पहिलो हाफ बराबरीमा सकिएपछि अब्डोले डोकुरेले खेलको ५४ औँ मिनेटमा एभर्टनलाई अग्रता दिलाएका थिए । इन्जुरी समयमा लेविस डोब्बिनले अर्को गोल थप्दै टोलीलाई जीत दिलाए ।

जीतपछि एभर्टन १६ खेलबाट १३ अङ्क बटुल्दै रेलिगेसन क्षेत्रबाट चार अङ्कले माथि उक्लेको छ । चेल्सी भने १९ अङ्क बटुल्दै लिगको १२ औँ स्थानमा सीमित बनेको छ ।

( रातोपातीबाट )

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.