नेविसंघद्वारा सडक कब्जा – जुलुसमा प्रहरी हस्तक्षेप

रिपोर्ट नेपाल | 2018 Jul 17 | 02:48 pm 1791

काठमाडौं,साउन १ : नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष नैनसिंह महरले वर्तमान केपी ओलीको नेतृत्वमा रहेको सरकार सर्वसत्तावाद तर्फ अघि बढेकोले त्यसको अन्त्य नहुँदा सम्म आन्दोलन जारी रहने बताएका छन् ।

मंगलबार काठमाडौंको माइतीघरबाट निस्किएको जुलुसपछि बानेश्वरमा आयोजित सभामा नेता महरले नेपाली कांग्रेसको नेतृत्वमा भएको सरकारले गराएको निर्वाचनबाट सत्तामा पुगेका केपी ओली यतिखेर राज्य आतंक मच्याउन लागेको आरोप लगाए ।

नेता महरले अहिले सरकार आफूभन्दा छुट्टा विचार राख्नेहरुलाई छानेर दुःख दिने काम गरेको आरोप पनि लगाए । उनले यो सरकार जनविरोधि कार्यमा अघि बढेको भन्दै महंगीले आकाश छुनलागेको समेत बताएका थिए ।

डा. गोविन्द केसीको जिवन माथि खेलवाड गरेको भन्दै नेता महरले यथासक्य छिटो डा. केसीको माग पूरा गर्न सरकारसँग माग गरे । उनले प्रधानमन्त्री केपी आलीको लहडका कारण डा. केसीको जिवनमा तलमाथि केहि भए उनले त्यसको मुल्य महंगो चुकाउनु पर्ने चुनौती दिएका थिए ।

माइतीघरबाट सडकको बायाँ पट्टी कब्जा गर्दै आएको जुलुसले बबरमलमा आएर सम्पूर्ण सडककब्जा गर्न खोजेपछि प्रहरीले सामान्य बल प्रयोग गरेको थियो ।

प्रहरीले भिडलाई साम्य गर्ने क्रममा सामान्य लाठी चार्ज गर्दा नेविसंघका उपाध्यक्ष निलकण्ठ रिजाल, पुष्प कुमार शाही, महामन्त्री आनन्द त्रिपाठी, अभिषेक शाह, सुनिल शाह, चन्दन तिवारी, शैलेन्द्र उपाध्याय, देवचन्द्र घिमिरे, आकाश जोशी, गणेश सावत, अनमोल कार्की लगाएतका विद्यार्थीहरु सामान्य घाइते भएका थिए । जुलुसमा प्रधानमन्त्री केपी ओली विरुद्ध चर्का नारा लगाइएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.