नेपाल प्रहरीमा एकैचोटि व्यापक बढुवा, को-को भए ? (सूचीसहित)

| 2018 Jun 29 | 03:17 pm 4548

काठमाडौँ, असार १५ : नेपाल प्रहरीमा विगत लामो समयदेखि जाम भएको बढुवा प्रकृया बर्तमान प्रहरी महनिरीक्षक सर्वेन्द्र खनालले खोलिदिएका छन् ।

तत्कालिन महानिरीक्षक उपेन्द्रकान्त अर्याल र प्रकाश अर्यालले थुप्रै अधिकृतहरुको भविश्यमाथि खेलवाड गर्दै बढुवा रोकेका थिए । यसरी रोकिएको बढुवालाई बर्तमान महानिरीक्षक खनालको प्रवेशसँगै तिव्र गतिले बढुवा भइरहेको छ ।

यसै क्रममा नेपाल सरकार गृहमन्त्रलय ‘सचिवस्तर’को बैठकले नेपाल प्रहरीका विभिन्न पदमा एकैपटक बढुवा गरेको छ । असार १४ गतेको सचिवस्तरको बैठकले एकै चोटि प्राविधिक तर्फको प्रहरी निरीक्षकहरुलाई बढुवा गरेको हो ।

गृहमन्त्रलयले प्रहरी निरीक्षकबाट प्रहरी नायव निरीक्षक प्रविधि समूह तर्फ अन्तरगत उप समुह डेण्टल तर्फ प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षकमा ६ जनालाई बढुवा गरेको छ ।, प्राविधिक तर्फ प्रहरी समूह आवास तथा तथा भौतिक इन्जिनियरिङको प्राविधिक पदमा प्रहरी निरीक्षक पदमा २ जनालाई बढुवा गरेको छ ।

त्यस्तै प्रहरी नायव उपरीक्षक पदमा नसिङ तर्फको प्रहरी निरीक्षकबाट प्रहरी नायव निरीक्षक पदमा र्दुइ जना बढुवा भएका छन् । प्रवधिन नायव उपरीक्षक पदमा एकजनालई बढुवा गरेको छ ।

असार १४ गते नै बसेको बैठकले प्राविधिक प्रहरी समूह अन्तरगतका स्वास्थ्य उप समूह तर्फ अन्य तर्फको प्राविधिकबाट प्राविधिक प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षक पदमा गमेश्वर अधिकारीलाई बढुवा गरेको छ । बसेको बैठकले अन्य पदमा पनि बढुवा गरेको नेपाल सरकार,गृहमन्त्रालय प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास कर्मचारी प्रशासन शाखाले जानकारी दिएको छ ।

सूची हेर्नुहाेस

   

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.