‘नाईँ नभन्नू ल ५’ को फस्टलुक: सेड्रिनासँग अनुभवको रोमान्टिक अवतार

रिपोर्ट नेपाल | 2018 Jun 25 | 09:27 am 4157

काठमाण्डौ, असार ११ : २०७५ कै बहुप्रतिक्षीत तस्बिर‘नाईँ नभन्नू ल ५’ को फस्टलुक सार्वजनिक भएको छ । निर्माण टिमले पोस्टरमा दुई जोडीलाई स्थान दिएको छ । अभिनेत्री स्वस्तिमा खड्कालाई डेब्यु ब्वाई अभिषेक नेपालसँग देख्न सकिन्छ भने अनुभव रेग्मी अर्की डेब्यु कलाकार सेड्रिना शर्मासँग रोमान्टिक अवतारमा देखिएका छन् ।

निर्देशक विकास आचार्यले फिल्मको कथा अनुसार फस्टलुक सार्वजनिक गरेको बताए । ‘नाईं नभन्नू ल ५ सदा झैं फेमली ड्रामा हो । तर यो सिरिजमा फेमली ड्रामासँगै लभस्टोरीलाई उत्तिकै स्थान दिएका छौं । पोस्टर यस्तै कथाको झझल्को हो’, निर्देशक आचार्यले भने ।

भदौ ८ गते रिलिज हुने फिल्ममा दिलिप रायमाझी, निरुता सिंह, केकी अधिकारी, प्रियंका कार्की, स्वस्तिमा खड्का, जयनन्द लामा, बुद्धि तामाङ आदि कलाकारको अभिनय छ ।

यो फिल्मबाट अभिषेक नेपाल र सेड्रिना शर्माले डेब्यु गरेका छन् । अभिषेकले स्वस्तिमाको जोडी भएर अभिनय गरेका छन् भने सेड्रिना अनुभवको जोडीको रुपमा देखिनेछन् ।

फिल्मलाई विकास आचार्य र सामीप्यराज तिमल्सेना मिलेर लेखेका हुन् भने फिल्मको छायांकन पुरुषोत्तम प्रधानले गरेका हुन् । बसन्त सापकोटाको संगीत रहेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.