दुर्घटनामा घाइते सर्इकाे उपचारका क्रममा मृत्यु

रिपोर्ट नेपाल | 2018 Jun 08 | 02:13 pm 757

रुपन्देही, जेठ २५: पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, बुटवलमा कार्यरत प्रहरी नायब निरीक्षक पोमनारायण खनालको आज निधन भएको छ ।
गत जेठ २० गते बुटवलमा भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका खनालको काठमाडौँ स्थित ग्राण्डी अस्पतालमा उपचार हुँदाहुँदै निधन भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, बुटवलका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिएका छन्।
दुर्घटनापछि मणिग्रामस्थित क्रिमसन अस्पतालमा प्रारम्भिक उपचार भएको र थप उपचारका लागि उनलाई काठमाडौँ लगिएको थियो । आफैँले चलाएको स्कारपियो गाडी बसमा ठोक्किँएर दुर्घटना भएको थियो । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.