काठमाण्डौ २७ फागुन / हङकङमा जारी नेपाल र हङकङबीचको मैत्रीपूर्ण टी-२० क्रिकेट पानी परेपछि रोकिएको छ।
त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत आयोजक हङकङ र नेपालसँगको खेलमा फेरि वर्षाका करण रोकिएको छ। टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले ८ ओभरमा २ विकेट गुमाएर ६५ रन बनाएको अवस्थामा वर्षा बाधक बनेको हो ।
पाँचौँ ओभरको खेल चलिरहँदा पानी परेपछि खेल रोकिएको हो। नेपालले एक विकेटको क्षतिमा ३४ रन बनाएको छ। करण केसीले हङकङका मार्टिन कोट्जीको विकेट लिएका हुन्। केसीले गुल्सन झाको हातबाट कोट्जीलाई क्याचआउट गराए।
सिरिजमा दोस्रो खेल मंगलबार खेल्ने पपुवा न्यूगिनी (पिएनजी) सँग खेल्ने तालिका छ ।