ती ‘हिन्दू’हरूसँग होशियार !

| 2021 Nov 24 | 12:42 pm 301

  • देवप्रकाश त्रिपाठी

अधिकाङ्श विपन्न मुलुकका नागरिक आर्थिक भन्दा ज्यादा मानसिक दुर्बलताका शिकार हुन्छन्, त्यस्ता नागरिकलाई परायाशक्तिले मात्र प्रयोग उपयोग गरिरहेका हुँदैनन्, देशभित्रै राजनीतिक र प्रशासनिक क्षेत्रका मानसिहरूबाट समेत तिनको दोहन भइरहेको हुन्छ । आफूसँग जुन कुराको अभाव रहन्छ त्यो नै सम्बद्ध व्यक्तिका निम्ति सबैभन्दा ‘ठूलो’ गन्तव्य बनिदिन्छ । विपन्न मुलुकका नागरिकमा धनलाई र केवल धनलाई सर्वाधिक महत्व दिने संस्कारको विकास भएको हुन्छ, त्यसैले धनका निम्ति जस्तोसुकै साधन अपनाउन उनीहरू तयार रहन्छन् । गरिब मुलुकमा अवसरको सीमितता हुने भएकोले नागरिकहरू हरदम अवसरको खोजिमा रहन्छन्, उनीहरू आफूलाई यति महत्व दिन्छन् कि आदर्श, मूल्य-मान्यता र मर्यादाको समेत हेक्का राख्न नसक्ने मनोदशाबाट ती गुज्रिरहेका हुन्छन् ।

एकासी प्रतिशतभन्दा बढी सनातनी हिन्दूहरूको बसोबास रहेको नेपालमा धर्मनिरपेक्षताका पक्षधरहरूले नब्बे प्रतिशत भन्दा बढी मत पाउनुको कारण केलाइयो भने नेपालीहरूको सोच, चरित्र र निष्ठामाथि गम्भीर प्रश्न उठ्दछ । आफूबाहेक राष्ट्र, राष्ट्रिय एकता, सामाजिक सद्भाव र स्वधर्म संस्कृतिप्रति किञ्चित चासो नराख्ने हुनाले नगदसँग स्वाभिमान र इमान सट्टापट्टा गर्ने सवालमा पनि नेपालीहरूले कीर्तिमान राख्दै आएका छन् । चुनावी मौसमको पूर्वसन्ध्यामा धर्मनिरपेक्षताप्रति गौरवान्वित नेताहरूको आफ्ना बैठककक्षमा भगवानका तस्बिरहरू टाँग्न थालेका छन्, घरको कौशीमा बसेर पूजाआजा गरेको, मन्दिर गएको, गेरुवस्त्र र रुद्राक्षको माला लगाएको तस्बिरहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेर उनीहरूले आमजनताको ध्यान आफूतिर आकर्षित गर्ने प्रयास गररहेका छन् ।

‘हिन्दू’ धर्म नभइ एउटा सभ्यताको नाम हो, एउटा संस्कृति, इतिहास र जीवनपद्धति हो । तर सनातनी वैदिक धर्मावलम्बीहरूलाई विश्व समुदायले हिन्दु नाममा चिन्ने भएकोले मात्र हामीले आफूलाई हिन्दूका रूपमा स्वीकार गर्नुपरेको छ । अब तत्काल यस्तो पहिचान बदल्ने प्रयास गर्नु भनेको सनातनीहरूका बीचमा विभाजन ल्याउनु र वेधर्मीहरूलाई सहयोग पुऱ्याउनु मात्र हो । त्यसैले मस्ट, प्रकृति आदि नाममा जे-जस्ता गतिविधि भइरहेका छन् त्यसलाई इसाई षडयन्त्रका रूपमा बुझ्न सक्नुपर्छ । राजनीतिक क्षेत्रका मानिससमेत भेष बदलेर छल गर्न आउनुलाई चाहिँ छलकपट भन्न सकिन्छ ।

सिङ्गै काङ्ग्रेसको नेतृत्व यतिबेला ‘भ्याटिकने’हरूको कब्जामा छ, उनीहरूलाई हिन्दूराष्ट्र बनाइदिने विश्वासमा मतदान गर्नु भनेको कुनै बेला समृद्ध सिक्किम बनाइदिने विश्वासका साथ लेण्डुप दोर्जीलाई सिक्किमे जनताले मतदान गरेजस्तै हो । वर्तमान संविधान रक्षाको ठेकेदारी पाएका काङ्ग्रेस नेतृत्व धर्मनिरपेक्षता, जातिवाद, सङ्घीयता र गणतन्त्रलाई आफ्नो सम्पत्ति ठान्दैछ । निकट भविष्यमा हुन सक्ने संविधानविरुद्धको आन्दोलनका विरुद्ध अग्रपङ्क्तिमा देखापर्ने पनि काङ्ग्रेसको वर्तमान नेतृत्व नै हुनेछ ।

पुराना राजनीतिक दलहरूको ‘महाधिवेशन मेला’ प्रारम्भ भएसँगै गेरु बस्त्र र रुद्राक्षको व्यापार फस्टाएको छ र, स्थानीय तथा संसदीय निर्वाचनका क्रममा उपरोक्त बस्तु व्यापारमा भारी वृद्धि हुन सक्ने सङ्केतहरू देखिन थालेका छन् । राजा र हिन्दूका नाममा भोट मागेर नोटको भारी बोक्दै धर्मनिरपेक्षता एवम् गणतन्त्रात्मक संविधानलाई विश्वकै उत्कृष्ट भन्ने विशेषण लगाएर प्रचारको ठेकेदारी गर्ने पूर्वपञ्चहरूको अगुवाले धोखाधडी गरेपछि भड्किएको राष्ट्रवादी जनमत आफूतिर आकर्षित गर्न यतिबेला वामपन्थी काङ्ग्रेस र कम्युनिष्ट पार्टीका नेताहरूबीच प्रतिष्पर्धा शुरु भएको छ । विश्वमै सबैभन्दा तीव्र गति (करिब १२ प्रतिशतका दरले) मा इसाइकरण भएको तथ्याङ्कहरू सार्वजनिक भइरहँदा नेपाली मौलिक धर्म संस्कृतिको पक्षधर राष्ट्रवादीहरू पछिल्लो समयमा अलिक गम्भीर हुन थालेका छन् । र, विद्यमान राजनीतिक एवम् प्रशासनिक नेतृत्वको विफलताले उत्पन्न गराएको वितृष्णाले मानिसलाई पहिलेकै अवस्था-व्यवस्था स्मरण गर्न बाध्य तुल्याउँदै छ ।

कम्युनिष्ट-काङ्ग्रेसको शासन व्यवस्था र शासकीय शैलीबाट आजित आमजनता परिवर्तन चाहन्छन्, तर अर्को नयाँ व्यवस्थाको परिकल्पना भइनसकेको र, राष्ट्रियता दिन-प्रतिदिन रुग्ण बन्दै गएको महसूस गर्न थालिएकोले पनि मानिसमा पहिलेको व्यवस्था (प्रजातान्त्रिक) प्रति आकर्षण बढेको बुझिन्छ । तरल जनमत राष्ट्रियता, राष्ट्रिय एकता र धर्मसापेक्षताको पक्षमा देखिएपछि काङ्ग्रेस, कम्युनिष्ट र पञ्च-प्रजातिसम्बद्ध दलका नेताहरू गेरु बस्त्र र रुद्राक्षको मालामा सजिएर आमनेपालीको मन जित्ने र ‘मत लुट्ने’ नियोजित अभ्यासमा जुटेको पाइएको छ । छिमेकी मित्रराष्ट्र भारतमा राष्ट्रवाद जागृत भएपछि धर्मनिरपेक्षताका प्रवर्तक काङ्ग्रेसी नेता राहुल गन्धीले पोसाकको बाहिरपट्टी जनै प्रदर्शन गरेझैँ धर्मनिरपेक्षतालाई महान् उपलब्धिका रूपमा ब्याख्या गर्ने ‘नेपाली’ नेताहरूले गेरु बस्त्र र रुद्राक्षको माला धारण गर्न थालेका हुन् । महाधिवेशनदेखि आमनिर्वाचनसम्म नेपालमा पीत वस्त्रधारी बाबाहरूसँगको सेल्फी र गेरुवस्त्रको व्यापार उत्कर्षमा पुग्ने सङ्केतहरू देखिँदैछन् ।

नेपालको थोत्रो पार्टीका पुराना नेताहरू बीच कुनै समानता छ भने त्यो ‘चुनाव जित्न जान्ने, जितेपछि के गर्ने भन्ने थाहा नपाउने’ गुण नै हो । अर्को पक्षलाई चुनावी मैदानमा पछार्ने र आफू विजयी बन्ने ज्ञान र क्षमताका दृष्टिले ‘नेपाली’ नेताहरू शायद विश्वमै अब्बल मानिन्छन् । तर निर्वाचनमा विजयी भएर कुनै पदीय जिम्मेवारी पाएपछि के गर्ने र कसरी अघि बढ्ने भन्ने बारेमा उनीहरू अनभिज्ञ देखिँदै आएका छन् ।

नेपालको थोत्रो पार्टीका पुराना नेताहरू बीच कुनै समानता छ भने त्यो ‘चुनाव जित्न जान्ने, जितेपछि के गर्ने भन्ने थाहा नपाउने’ गुण नै हो । अर्को पक्षलाई चुनावी मैदानमा पछार्ने र आफू विजयी बन्ने ज्ञान र क्षमताका दृष्टिले ‘नेपाली’ नेताहरू शायद विश्वमै अब्बल मानिन्छन् । तर निर्वाचनमा विजयी भएर कुनै पदीय जिम्मेवारी पाएपछि के गर्ने र कसरी अघि बढ्ने भन्ने बारेमा उनीहरू अनभिज्ञ देखिँदै आएका छन् । नेपाली जनता आफ्नो देशले बुरुण्डी, र्‍वाण्डा, सुडान, युगोस्लाभिया र अफगानिस्तानको नियति भोग्नु नपरोस् भन्ने चाहन्छन् । त्यसनिम्ति २०६३ को रहस्यमयी र कृत्रिम परिवर्तनपश्चात् लादिएको धर्मनिरपेक्षता खारेज गरी सबै नेपालीको धर्म संरक्षण गर्ने वैदिक सनातन हिन्दूराष्ट्र विधिवत स्थापना गर्नुपर्ने आमनेपालीको माग छ, तर नेताहरू जमिनबाट पखेटा हालेर निस्कएका कमिलाझैँ पीत वस्त्रमा प्रकट भइ भुलभुलैयाको स्थिति पैदा गर्न खोज्दैछन् ।

माओवादीहरू धर्मनिरपेक्षतालाई महानतम् उपलब्धि भएको दाबी गर्छन्, एमालेले धर्मनिरपेक्षतालाई उपलब्धि भन्न त छोडेको छ, तर उसले पनि निरपेक्षता खारेजीका पक्षमा आफूलाई उभ्याउन सकेको छैन । हिन्दूराष्ट्रका निम्ति एमाले पार्टीले पहलकदमी लिने विश्वास गर्न नसकिने अनेक कारण छन् । नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीसहित उहाँनिकटका केही नेताहरू सङ्घीयता र धर्मनिरपेक्षता खारेजीको पक्षमा देखिए पनि उक्त दलभित्र पश्चिमा लगानीका एनजीओ व्यवसायीहरूको बलियो पकड भएकोले हिन्दूराष्ट्रको पक्षमा एमाले उभिने आशा तत्काल गर्न सकिँदैन । तथापि आगामी निर्वाचनमा एमालेका उम्मेदवारहरूले सङ्घीयताको खारेजी र हिन्दूराष्ट्र स्थापनाको नारा दिए भने कुनै आश्चर्य हुने छैन । तर, यी नारा निर्वाचनपछि पनि स्मरण गरिने विश्वास गर्न भने किञ्चित सकिँदैन । काङ्ग्रेस पार्टी त्यो हो जसले महासमितिको बैठकका सहभागी सातसय पैंतिस सदस्यहरूले हिन्दूराष्ट्रको माग गर्दै दिएको निवेदनलाई सामान्य छलफलसमेत नगरिकन ‘डस्टबीन’मा मिल्काइदिएको थियो । सङ्घीयताको खारेजी, हिन्दूराष्ट्रको स्थापना र जातिवाद अन्त्यको ब्यहोरा सुन्ने धैर्य काङ्ग्रेसका नेताहरू राख्दैनन् । पश्चिमी इच्छा, योजना र एजेण्डाको खाँटी हिमायती भूमिकामा देखापरेको काङ्ग्रेसका नेताहरू समेत पछिल्लो समयमा हिन्दूत्वका गीत गाउँदैछन्, रुद्राक्ष र गेरु वस्त्रमा बेरिएर खिचिएका तस्बिर सामाजिक सञ्जालका भित्तामा सजाउँदैछन् । काङ्ग्रेस जो आफूलाई विद्यमान संविधानको सबैभन्दा ठूलो पहरेदार ठान्छ, त्यस्तो पार्टीका नेताहरू समेत हिन्दूत्वका पक्षमा प्रस्तुत हुनु आफैंमा रहस्यको विषय भएको आमनेपालीले बुझ्न आवश्यक छ ।

सङ्घीयताको खारेजी, हिन्दूराष्ट्रको स्थापना र जातिवाद अन्त्यको ब्यहोरा सुन्ने धैर्य काङ्ग्रेसका नेताहरू राख्दैनन् । पश्चिमी इच्छा, योजना र एजेण्डाको खाँटी हिमायती भूमिकामा देखापरेको काङ्ग्रेसका नेताहरू समेत पछिल्लो समयमा हिन्दूत्वका गीत गाउँदैछन्, रुद्राक्ष र गेरु वस्त्रमा बेरिएर खिचिएका तस्बिर सामाजिक सञ्जालका भित्तामा सजाउँदैछन् ।

हुन त बीपी कोइरालाको अवसानपश्चात वैचारिक र शैद्धान्तिक रूपले विचलित र स्खलित काङ्ग्रेस पार्टीका नेताहरूले तत्कालिक सत्तारुढ पक्षसँगको आफ्नो दूरी छोट्याउँदै लगेको थियो । दूरी यति कम भइसकेको थियो कि पञ्च र काङ्ग्रेसको सोच, ब्यवहार र शैलीको भेद छुट्याउनसमेत सामान्य मानिसलाई मुस्किल पर्दथ्यो । काङ्ग्रेस ठ्याक्कै काङ्ग्रेस जस्तो देखिएको त २०४७ सालदेखि २०५२ सम्म मात्र हो, जतिबेला ऊ संसदीय प्रणाली, संवैधानिक राजतन्त्र, बहुदलीय व्यवस्था, समाजवादी अवधारणासहितको अर्थनीति र धर्मसापेक्षताको पक्षमा दृढतापूर्वक उभिएको थियो । कतिपय मानिस बीपी कोइराला नास्तिक भएको दृष्टान्त प्रस्तुत गर्दै काङ्ग्रेस धर्मनिरपेक्षताको पक्षमा रहेको बताउने गर्छन् । कुनै पार्टीका कोही नेता अधर्मी, वेधर्मी या परधर्मी हुनु र राज्य धर्मसापेक्ष बन्नु भिन्न कुरा हुन् । प्रजातन्त्रमा बहुसङ्ख्यक जनताको भावनालाई उच्च महत्व दिइन्छ र नेपाली काङ्ग्रेस पहिले प्रजातन्त्र र राष्ट्रियताको पक्षमा रहेकोले २०४७ सालको संविधान निर्माण गर्दा तत्कालिक प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले सगौरव हिन्दूराष्ट्रको पहिचानलाई आत्मसात गर्नुभएको थियो । त्यतिबेला पनि बेलायतलगायतका इसाइ मुलुकहरूबाट नेपाललाई हिन्दूराष्ट्रको पहिचानमा नराख्न किशुनजीमाथि ब्यापक दबाब दिइएको थियो । मार्शलजुलुम शाक्य, निर्मल लामा र माधव कुमार नेपालहरूले धर्मनिरपेक्षताको वकालत गर्न थालिसकेका थिए । बेलायतबाट त सांसदहरूको एउटा प्रतिनिधिमण्डल नै आएर किशुनजीमाथि हिन्दूराष्ट्रको पहिचान मेटेर संविधानमा धर्मनिरपेक्षता लेख्न सुझावका रूपमा दबाब लादिएको थियो । तर किशुनजीले कसैको अनर्गल दबाब र प्रलापको वास्ता राख्नुभएन, जनभावनाको उच्च सम्मान गर्दै नेपाललाई विधिवत हिन्दूराष्ट्रको पहिचान दिनुभयो । काङ्ग्रेस सभापतिसमेत रहनुभएका किशुनजीले हिन्दूराष्ट्रको पहिचानलाई निरन्तरता दिनुको सिधा अर्थ हुन्छ- ‘काङ्ग्रेस पनि हिन्दूराष्ट्रका पक्षमा छ ।’ तर २०६२ को बाह्रबुँदे सम्झौता र ०६३ को राजनीतिक परिवर्तनसँगै माओवादीकरण भएको काङ्ग्रेस हिन्दूराष्ट्रको पहिचान मेट्न मात्र अग्रसर भएन, इसाइकरणका निम्ति धर्मनिरपेक्षताको पक्षमा उभिनसमेत तयार भयो । मौलिक संसदीय प्रजातन्त्रप्रतिको अडान पनि काङ्ग्रेसले परित्याग ग¥यो, मार्गदर्शक बदलिएपछि राजसंस्था पन्छाएर गणतन्त्र घोषणा गर्न/गराउन पनि हिचकिचाएन । एकात्मक मुलुकको सार्वभौमिकता विभाजन गर्न र देशलाई जातीय विभाजनमा लैजान पनि काङ्ग्रेस नेतृत्व तयार भइदियो । माओवादी कम्युनिष्टमार्फत नेपालमा प्रवेश गराइएका पश्चिमी एजेण्डाको वास्तविक रक्षक-भूमिकामा काङ्ग्रेस देखापरेको छ, ऋण लिएर सङ्घीयता बचाउने दिशामा काङ्ग्रेस नेतृत्व अग्रसर छ ।

कम्युनिष्टहरूको मूल र अन्तिम गन्तव्य राज्यसत्ता हो, एकलौटी राज्यसत्ताका निम्ति उनीहरू जुनसुकै बेला जस्तोसुकै नारा बोक्न र घोक्न पनि तयार हुन्छन् । जनमत राष्ट्रियता, राष्ट्रिय एकता, अखण्डता र धर्मसापेक्षतातर्फ मोडिन थालेको आभाषसँगै कम्युनिष्ट नेतृत्वले धर्मसापेक्ष व्यवहार प्रस्तुत गर्न थालेका छन् । रामदेवसँगको ‘मितेरी’ र रामन्दिरको निर्माणले कम्युनिष्टहरू सत्तारक्षाका निम्ति मार्क्स-लेनिनको दाह्री जलाउन र राम-सीताको महिमागान गाउन पनि तयार हुन सक्छन् भन्ने दर्शाएको छ । नारायणमान बिजुक्छे र मोहन वैद्यले टेलिभिजनको पर्दामा प्रकट भएर राजासँग सहकार्य गर्न सकिने बयान दिनुलाई पनि मात्र आवेग या उहाँहरूको व्यक्तिगत विचारका रूपमा बुझ्नु हुँदैन । सत्तारक्षाका निम्ति जस्तोसुकै सिद्धान्त अवलम्बन या परित्याग गर्न कम्युनिष्टहरू आनाकानी गर्दैनन् । बीस वर्षमा पच्चीस मुलुकमा इसाइ धर्म प्रवर्द्धन गर्दै हिँडेका र, नेपाललाई इसाइकरण गर्ने सन्दर्भमा आयोजित रहस्यमयी कार्यक्रमहरूमा मूख्य अतिथि बनेर ‘होली वाइन’ सेवन गर्ने र गराउने व्यक्ति समेत यतिबेला रुद्राक्षको माला र पीतवस्त्रमा प्रकट हुन थालिसकेका छन् ।

छिमेकी मित्रराष्ट्र भारतमा राष्ट्रवाद जागृत भएपछि धर्मनिरपेक्षताका प्रवर्तक काङ्ग्रेसी नेता राहुल गन्धीले पोसाकको बाहिरपट्टी जनै प्रदर्शन गरेझैँ धर्मनिरपेक्षतालाई महान् उपलब्धिका रूपमा ब्याख्या गर्ने ‘नेपाली’ नेताहरूले गेरु बस्त्र र रुद्राक्षको माला धारण गर्न थालेका हुन् । महाधिवेशनदेखि आमनिर्वाचनसम्म नेपालमा पीत वस्त्रधारी बाबाहरूसँगको सेल्फी र गेरुवस्त्रको व्यापार उत्कर्षमा पुग्ने सङ्केतहरू देखिँदैछन् ।

माछा भएतिर बकुल्ला, वन भएतिर बाघ, कुखुरा भएतिर स्याल आकर्षित भएझैँ मतदाता भएतिर नेता आँखा चम्काउँदै लम्कन्छन्, यो उनीहरूको धर्म नै हो । भएको हिन्दूराष्ट्र र राजसंस्था जोगाउन नसक्नेहरू गएको हिन्दूराष्ट्र र राजसंस्था फिर्ता ल्याउँछु भन्दै आगामी निर्वाचनसम्म घरदैलोमा देखा पर्नेछन् । दुई तिहाई बहुमत हासिल गरेर संविधान संशोधन गरी नेपाललाई राजतन्त्रात्मक हिन्दूराष्ट्र बनाउने तिनका कुरामा विश्वास गर्नु भनेको आफ्नै नाकमा बल्छी लगाउनु हो भन्ने तथ्य बुझ्न सकिएन भने नेपाली जनता एक पटक उनीहरूबाट पुनः ठगिनेछन् । त्यस्तै कसैले रामदेव भेटेको या शिवजीको दर्शन गरेको खबर पाएकै आधारमा तिनलाई धर्मसापेक्षताको पक्षधर ठानियो भने त्यो पनि ठगिकै जालमा पर्नु हो भनेर बुझ्न सक्नुपर्छ । काङ्ग्रेसका कतिपय नेताहरू हिन्दूराष्ट्रको पक्षमा भएको प्रचार समय-समयमा हुने गर्दछ । वास्तवमा काङ्ग्रेसको सिङ्गै केन्द्रीय समितिमा हेरियो भने जम्माजम्मी एक जना नेता मात्र अन्तरहृदयदेखि हिन्दूराष्ट्रको पक्षमा भएको भेटिन्छ । अन्य नेताहरू हिन्दू मत आर्जनका निम्ति मात्र हिन्दू भेषमा देखापर्दैछन् । सिङ्गै काङ्ग्रेसको नेतृत्व यतिबेला ‘भ्याटिकने’हरूको कब्जामा छ, उनीहरूलाई हिन्दूराष्ट्र बनाइदिने विश्वासमा मतदान गर्नु भनेको कुनै बेला समृद्ध सिक्किम बनाइदिने विश्वासका साथ लेण्डुप दोर्जीलाई सिक्किमे जनताले मतदान गरेजस्तै हो । वर्तमान संविधान रक्षाको ठेकेदारी पाएका काङ्ग्रेस नेतृत्व धर्मनिरपेक्षता, जातिवाद, सङ्घीयता र गणतन्त्रलाई आफ्नो सम्पत्ति ठान्दैछ । निकट भविष्यमा हुन सक्ने संविधानविरुद्धको आन्दोलनका विरुद्ध अग्रपङ्क्तिमा देखापर्ने पनि काङ्ग्रेसको वर्तमान नेतृत्व नै हुनेछ । त्यसैले काङ्ग्रेसका राष्ट्रवादी देशभक्त कार्यकर्ता, समर्थक र शुभेच्छुक तथा आम नेपाली जनतालाई काङ्ग्रेस नेतृत्वप्रति कुनै भ्रम छ भने त्यसबाट तत्काल मुक्त हुँदा मात्र सुखको जीवन पाइने सत्य बुझ्न आवश्यक छ ।

नेपाली जनताले कुन नेता हिन्दू धर्मावलम्बी हो, को इसाइ र मुसाइ धर्मावलम्बी हुन् भन्ने चासो राखेको होइन र त्यस्तो चासो राख्न आवश्यक पनि छैन । उच्च पहाडी तथा हिमाली क्षेत्रका अधिकाङ्श गुम्बाहरू गिर्जाघरमा रुपान्तरित भइसकेका छन् । बाइबल बाँड्नेहरूले सुडान र नाइजेरिामा झैँ बम दिएर बेग्लै राज्य खडा गर्न निर्देशन दिने हुन्, चिन्ता त्यतापट्टिको छ । एमएनओ र आदित्यादि नाममा खुलेका इसाइ झुण्डहरूले शुरु गरेको जातीय द्वन्द्वको खेती कसरी नामेट तुल्याउन सकिन्छ, चिन्ता त्यसको छ । जनताले यस प्रकारका विकृति अन्त्यका निम्ति सबै नेपालीको मौलिक धर्म संस्कृति रक्षा गर्ने वैदिक सनातन हिन्दूराष्ट्र चाहेका छन्, कथित नेताहरू भने आफू हिन्दू भएको देखाउने उद्योगमा लागेका छन् । नक्कली हिन्दूहरूलाई समयमै चिन्न, बुझ्न र तदनुरुप व्यवहार गर्न सकिएन भने देशको अस्तित्व सङ्कटमा पर्ने र पश्चातापको अग्नीमा जल्ने समयको प्रतीक्षा गर्नुपर्ने हुन्छ । त्यसैले सबै नेपाली राष्ट्रवादीले भनौँ नक्कली हिन्दूहरूसँग होशियार !
जय मातृभूमि ! घटना र विचारबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.