ढिस्कोले पुरीएर चारजनाको मृत्यु

| 2018 Jun 16 | 10:03 am 2409

खाँदबारी, २ असार : संखुवासभामा निर्माणाधिन अरुण तेश्रो जलविद्युत आयोजनाको सुरुङ खन्ने क्रममा ढिस्कोमा पुरीएर चार कामदारको मृत्यु भएको छ ।

जिल्लाको मकालु गाउँपालिकाको फ्याक्सिन्दामा ४ जना कामदारको गएराती ज्यान गएको हो ।मृत्यु हुनेमा कालिकोट सिउना गाउँपालिका –४, का प्रदिप शाही, जुम्ला चन्द्रनाथ नगरपालिका –१, का प्रेम परियार, भारत झारखण्डका बुधन मुण्डा र भारत बिहारका नन्द किशोरको रहेको डीएसपी श्यामकुमार सारु मगरले बताएका छन् ।

शाही र परियार मजदुर थिए भने मुण्डा अपरेटर र नन्द किशोर इलेक्ट्रोनिक मिस्त्री थिए । मृतकको शव जिल्ला अस्पताल खाँदबारी ल्याने तयारी भईरशेको डीएसपी मगरले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.