जेलबाट मुक्त भएपछि पहिलोपटक गृहजिल्ला पुगेका ढुंंगेललाई ठाउँठाउँमा सम्मान

रिपोर्ट नेपाल | 2018 Jun 07 | 05:56 pm 4204

ओखलढुंगा, जेठ २४: जेलबाट मुक्त भएपछि पहिलोपटक गृहजिल्ला पुगेका पूर्व सांसद बालकृष्ण ढुंंगेललाई ठाउँठाउँमा सम्मान गरेका छन् । ओखलढुंगाका उज्जन कुमार श्रेष्ठको हत्या अभियोगमा जेल जीवन बिताएर ढुंंगेल हालै रिहा भएर पहिलो पटक गृहजिल्ला आएका हुन् ।

१० बर्षे द्धन्दकालीन मुद्धामा अदालतले दोषी ठहर गरेपछि जेल परेका ढुंगेललाई सरकारले गणनन्त्र दिवसका दिन जेठ १५ गते रिहाइ गरेको थियो । रिहाइपछि पहिलो पटक उनी ओखलढुंगा आइपुगेका हुन् । उनलाई जिल्लाका जनता तथा कार्यकताहरुले ठाउँठाउँमा फुलमाला लगाएर स्वागत गरेका छन् ।


बिहीबार उनकै स्वागतका लागी वामपन्थी युवा मञ्चले सदरमुकाममा आयोजना गरेको कार्यक्रममा ढुंगेलले अबको बाँकी जीवन जनताको सेवामा खचिर्र्ने बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.