उदयपुर, माघ ९: गत असोज २४ गते त्रियुगा नगरपालिका ९ चौकीबारीका आमाछोरी हत्या प्रकरण आरोपमा पुर्पक्षका लागि थुनामा रहेका आरोपितलाई जिल्ला अदालतले आजिवन काराबासको फैसला सुनाएको छ ।
जिल्ला न्यायाधिश दिपक खनालको एकल इजलासले मंगलबार सिरहा जिल्लाको लहान नगरपालिका ८ स्थायी घर भई उदयपुरको त्रियुगा नगरपालिका ३ मोतिगडामा व्यापार गर्दै आएका ४० बर्षिय रामहरी साहलाई आजिवन कारबाससँगै पीडितलाई एक लाख क्षतिपुर्ति उपलब्ध गराउने गरी फैसला सुनाएको हो ।
कसुरदारले २८ बर्षिया गोमा भनिने शारदा चौधरी र छोरी ६ बर्षिया रचना चौधरीलाइ धारिलो हत्यार प्रयोग गरी हत्या गरेको भन्दै प्रहरीको अनुसन्धान पछि सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको थियो ।
पक्राउ परेका साहको साथबाट बरामद गरिएको सुनको रिगं र मगंलसुत्र पीडितको भएको उनले स्वीकार गरेकाले पीडित परिवारलाई नै फिर्ता दिन आदेश गरिएको श्रेस्तेदार राजकुमार आचार्यले जानकारी दिए ।
साहलाई प्रहरीले असोज २५ गते मोतिगडाबाट पक्राउ गरेको थियो । उनले प्रहरीसँगको वयानमा विगत लामो सयमदेखि मृतकसँग प्रेम सम्बन्ध रहेको र विवाह अस्वीकार गरेपछि धारिलो हतियार प्रयोग गरी हत्या गरेको बताएका थिए ।