पर्सा, माघ २३ : वीरगंज महानगरपालिका–२४ रामगढवाका १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँका ४० वर्षीय मतलुब मिया र सोही महानगरपालिका–२० का ३२ वर्षीय सम्सोदिन अंसारी रहेका छन् । गत माघ १७ गते बेलुका किशोरी घर बाहिर खेतमा निस्केको बेला अंसारी र मियाले जबरजस्ती करणी गर्न खोजेकोले प्रतिकार गरी भागेकोमा दुबै जनाले लखटेर भुईमा लडाई कुटपिट गरी ज्यानमार्ने धम्की समेत दिई सामुहिक करणी गरेको अभियोगमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका दुवैजनालाई जबरजस्ती करणी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएको छ ।