चीन भ्रमणबारे प्रधानमन्‍त्रीले आज संसद्‍लार्इ जानकारी गराउने

| 2018 Jun 18 | 09:07 am 2606

काठमाडौं, असार ४: ६ दिने चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज (सोमबार) भ्रमणबारे संसदलाई जानकारी गराउने भएका छन् । अपराह्न ४ बजे बस्ने संसद बैठकमा सम्बोधन गर्दै ओलीले चीन भ्रमणबारे जानकारी गराउने भएका हुन् ।

ओली मंगलबार जम्बो प्रतिनिधिमण्डलसहित चीनको ६ दिने औपचारिक भ्रमणमा जाँदैछन् । स्रोतका अनुसार भ्रमण टोलीमा एक सयभन्दा बढी सदस्य रहनेछन् ।

ओलीले चीन भ्रमणका एजेण्डा र नेपालको तयारीबारे संसदमा जानकारी गराउने छन् । चीनसँग ऊर्जा, कृषि, रेलवे लगायतका क्षेत्रमा सम्झौता गर्ने नेपालको तयारी छ ।

प्रधानमन्त्री ओलीले चीन भ्रमणको विषयमा आइतबार पूर्वप्रधानमन्त्रीहरुसँग परामर्श पनि गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.