चीन भ्रमणबारे प्रधानमन्त्रीले राष्ट्रपतिलाई जानकारी

रिपोर्ट नेपाल | 2018 Jun 24 | 10:26 pm 2866

काठमाडौँ, असार १०: गत ५ गतेदेखिको आफ्नो चीन भ्रमण र समसामयिक विषयबारे राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष केपी शर्मा ओलीले जानकार गराएका छन् ।

आज बेलुका राष्ट्रपति निवास शीतलनिवास पुगेर आफ्नो मित्रराष्ट्र चीनको छदिने औपचारिक भ्रमणबारे राष्ट्रपति भण्डारीलाई जानकारी गराएका राष्ट्रपति कार्यालयका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिएका हुन् ।

चीनका प्रधानमन्त्री ली खछ्याङको मैत्रीपूर्ण निमन्त्रणामा यही असार ५ गते देखि प्रधानमन्त्री ओली चीनको भ्रमण सम्पन्न गरी आजै स्वदेश फिर्ता भएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.