सकारात्मक परिर्वतनको निरन्तर प्रकृया हो । विकासका लागि अनिवार्य शिक्षा चाहिन्छ, सबल नागरिकहरु आफ्नो आवश्यकता आफ्नै अनुकुल विकास गर्न सक्दछन् । ग्रामिण विकास वा हरेका विकासका कार्यमा सही सूचना आदान प्रदान गर्न स्पष्ट सञ्चार महत्वपूर्ण रहन्छ । वास्तविक सञ्चारमा मानिसहरुलाई उर्जा प्रदान मात्र गर्दैन आफ्नो समाजको विकास गर्न प्रेरित गर्छ । मानव विकासको पक्षमा सञ्चार विना कल्पना गर्न सकिदैन । सहभागिता होस् वा निमार्ण कार्य होस् । विकास सञ्चारले समूदायको चाहना र आवश्यक स्थानिय स्रोत साधनको प्रयोगमा जोड दिदै आम समुदायमा अपनत्वको अनुभूति गराई विकासमा लाग्न प्रेरणा दिने गर्दछ । यसरी ग्रामिण विकास सञ्चार माध्यमहरु एक अर्कामा परिपुरक जस्ता पक्ष हुँदा पनि ग्रामिण समाजमा केहि समस्या देखिएका छन् ।
विकास सञ्चारको अवधारणा दोस्रो विश्वयुद्धदेखि आएको पाइन्छ । पश्चिम मुलुकले प्रवर्धन गरी विकसित गरेको यो अवधारणामा सञ्चारले पनि महत्वपूर्ण भूमिका खेल्दछ । विकासका लागि सञ्चारको फरक मोडेल चाहिन्छ भन्ने कुरा त्यतिवेला देखि चर्चा भएको हो । विशेष गरी ग्रमिण समूदायको विकास गर्न सञ्चार नै एउटा मूख्य कडी हुन सक्दछ । सञ्चारको प्रयोग मार्फत विकासका प्रयत्नहरुको सहभागिता वढाउँदछ, मानिस सचेत हुन्छन् ।
मानव समाजको उन्नतीका लागि यस्तो सञ्चार हुन आवश्यक छ जुन समूदायको हितमा सञ्चार गर्न सकियोस्, सूचना प्रविधिले परिचालन गराउन सकियोस् । विखण्डित विचार, धारणा, सम्प्रदायिकता भेद, साघुँरो सोचाइ भएका कार्यमा सञ्चारको महत्व रहने गर्दछ । हाम्रो ग्रामिण समाजमा एकथरी सकृय हुन्छ भने अर्कोथरी निष्कृय हुन्छ । यस्तो अवस्थामा सामूहिक सहमति, समझदारी जरुरी रहन्छ । त्यसैले विकास सञ्चारको यस्तो पक्षमा बढी ध्यान जाने गर्दछ ।
विकासको मूल लक्ष्य लिएर आएको सञ्चार एउटा नमुना मोडेल हो । हाम्रोजस्तो मुलुकमा ग्रामिण गरीबी निवारण गर्ने उद्देश्य लिएता पनि यो अझै सफल भएको देखिदैन । विकासका लागि अरु कसैले तयार पारेको मोडेल नभई आफ्नो समुदायको साधन र स्रोत संस्कृतिमा आधारित मोडेल भएमा मात्र विकास हुने कुरा सत्य नै हो । ग्रामिण विकास र सञ्चारलाई एउटा साघुँरो घेरा र सिमा भित्र राखेर हेर्नुभन्दा विश्वव्यापी दृष्टिकोणबाट हेर्नु पर्दछ ।
विकास र जनता
हाम्रो जस्तो विकासउन्मुख देशमा सिधै लादिएको विकासको नमुनाले आर्थिक विकासको कुरा गर्दै गर्दा जुन साम्राज्यवादको एउटा नयाँ रुप मात्र हुन पुग्यो । यसले गर्दा नेपाल जस्तो ग्रामिण समुदाय पछी पर्न थाले, धनी झन् धनी र गरिब झन् गरिव हुँदै जाने खालको अवस्था सृजना भएको देखिन्छ । यो परिवेशमा सञ्चारले गर्दा केवल मानिसलाई सूचना गर्ने, सूचना पुगेपछि त्यसको फाइदा-बेफाइदा दिने, कसरी प्रयोग गर्ने भन्ने कुरामा अन्यौल हुँदै गयो । केवल सूचनाको बढीभन्दा बढी प्रवाहमा मात्र जोड दिन थालियो । समुदायका सहभागितामा जोड दिइएन । विस्तारै ७० को दशकसम्म विकासको महत्वपूर्ण सिद्दान्तमा परिर्वतन गर्दै विकासका लागि वैकल्पिक विकासको ढाँचा तयार भयो यसरी समुदायको मूल्य, मान्यता बिचारमा जोड दिन थालियो । विकासलाई केवल आर्थिक वृद्धिदर घोषणा गरेर मात्र हुँदैन ।
हामीले पनि राजनितिक, आर्थिक वृद्धिदरलाई ध्यान दिन भन्दा पनि संस्कृति, परम्पराको कुरा समेटेर विकास सञ्चार गर्नुपर्छ । आर्थिक वृद्धिदर, कुल ग्राहस्थ उत्पादनको कुरा संख्यात्कम रुपमा मात्र गरेर हुँदैन । सञ्चार माध्यमले समाजलाई नै जागृत गराउने, चेतना जगाउने, सहभागिता बढाउने खालको सञ्चारको आवश्यकता पर्दछ । कुरा गरेर मात्र हाम्रो ग्रामिण क्षेत्रमा विकास गर्न सकिदैन ।
हाम्रो आफ्नै मूल्य मान्यता छ । ति कुरालाई विकास सञ्चारमा छुटाउनु हुँदैन । समुदाय लक्षित समुहलाई हेरेर वा चिनेर, रणनीति बनाई विकासको सञ्चार गर्नुपर्दछ । हाम्रो देशको सन्दर्भमा कुरा गर्ने हो भने विकास सञ्चारको मूल लक्ष्य मानव विकास हुनु पर्दछ । सञ्चार भनेको वास्तविकता हो । यसलाई बुझेर सञ्चारका कार्यक्रम ल्याउनु पर्दछ । त्यसपछि विकासले गति लिनेछ ।
समुदायको आवश्यकता के छ ? त्यो समुदाय आफैले भन्ने हो । सञ्चारले समुदायको कुरालाई बढी जोड दिदै विकासको प्रचार प्रसार गर्ने काम सञ्चार भित्र हुन्छ । हाम्रो समाजमा विकासमा सहभागिता छ कि छैन भन्ने कुरालाई मूख्य रुपमा हेरिनुपर्दछ । जनपरिचालनमा पनि प्रवाहित सूचनाले कति सघाएका छन् भन्ने कुरालेसञ्चारको प्रयोगबाट थाहा हुने गर्दछ । विकासमा सहयोगीको भुमिका सञ्चारले महत्वपूर्ण बाटोको काम गरेको पाइन्छ ।
विकास सञ्चारको अवधारणा
समाजका परिवेशमा कुरा गर्दा अहिलेका माध्यमहरुले प्रवाह गरेका सूचनाबाट वास्तविक रुपमा गरिबीहरुले लाभ लिन सकेको देखिदैन । सञ्चार माध्यमहरुबाट गरिबी निमुखाहरुको आवाजलाई बुलन्द गर्ने खालका छैनन् । यस्तो अवस्थामा विकास कसरी अगाडी बढ्न सक्ला हामीले आर्थिक उन्नती गर्न सकेका छैनौं । समाज त यस्तो भइसक्यो जहाँ कसैको नियन्त्रण छैन । जसले जे मन लागयो त्यसै गरिरहेको छ । मानिसहरुमा उत्तरदायित्वको बोध छैन । यो एक किसिमको अराजकता नै हो ।
राजनितीको नाम बेचेर कमाउ धन्दा गरी रहेका छन् । विकासमा लगाउनका लागि प्रेरित गर्ने माध्यमहरुको आवश्यकता छ । सरकार र राजनीति अस्थिरताले विकासको सवालमा झन् अप्ठारो परिरहेको छ । यस्ता विषयलाई विकास सञ्चारको प्रयोगका लागि सामाजिक संरचना, राजनितीक अस्थिरता, परिर्वतन, आर्थिक, राजनैतिक प्रणली पनि ठिक भएको महशुस भएको देखिदैन । जनता उत्साही, उत्प्रेरित हुन सकिरहेको छैन ।
हाम्रा विद्यमान सञ्चार प्रणाली, नीति कार्यक्रमले विकास र सञ्चारलाई सघाउने काम गरेको छ कि छैन प्रश्न उठेको देखिन्छ । नयाँ बिचार, सूचनाको निरन्तर प्रवाहको तिव्रगति, भौतिक प्रगतिमा साथ दिनु जरुरी छ । राजनिती समाचारलाई बढी जोड दिने र विकासका कुरामा प्राथमिकता कम दिएको सत्य हो । ग्रामिण विकासका गतिविधिहरुले त स्थान पाउन कठिन छ । त्यसैले विकास सञ्चारको लागि उत्तम बलिदान हो ।
यदी विकास र सञ्चारलाई जोड दिने हो भने मानव समुदायलाई केही योगदान गर्छु, व्यापार भन्दा सेवामुखि सञ्चार गर्छु भन्ने भावना चाहिने गर्दछ । प्रतिबद्धता पनि अति महत्वको विषय हो । हाम्रो सरकार यस्तो कार्यमा लागेको छैन । पैसाको खेल हुन थालेपछि त्यहाँ सेवा र विकास जस्ता कुराहरु गौण बन्न स्वाभाविक नै हो ।
ग्रमिण विकासका योजना बनाएर के गर्ने कार्यान्वयन भाग निकै कमजोर छ । विकासका योजनाहरुमा नागरिक समाजहरुको सहभागितालाई अझै जोड दिइदैन । सञ्चारमा गरेका लगानीबाट तत्काल नाफा नोक्सानको हिसाब पनि गरिनु हुन्न । योजनाहरु बनाउदा हालको माध्यम, परम्परागत माध्यम र सामुदायिक मध्यम आदिको अवस्था स्थिति बुझेर मुख्य रणनीति बनाउनु पर्दछ । सरोकारवाला ठूलावडा र टाठाबाठाँ मात्रैको विकास प्रकृया होइन ।
आजको समाज सूचनाको अवधारणामा तल्लिन छ । नयाँ-नयाँ माध्यमहरुको विकास भएको छ । बहुआयामिक पनि छन् । यसले समुदायको परिर्वतनलाई मद्दत गर्न सक्दछ भन्ने कुरा प्रयोगको आधारमा भर पर्ला । सहि प्रयोग गर्दा विकासका लागि थप उर्जा मिल्न सक्छ । यही कुरा मनन गरेर विकास र सञ्चारको नयाँ मोडेल बनाउन आवश्यक छ । जब आम सञ्चारमाध्यमहरु इलाकाको लागि उपयोगी हुन्छन् र त्यबाट व्यापक लाभदायक हुन सक्छ तव मात्र यि सञ्चार माध्यमको प्रयोग विकासको सहयोगी बन्दछन् । ग्रमिण समुदाय आय आर्जनको परियोजना चलाउन सकुँन्। सम्पूर्ण सञ्चार वारे थाहा पाउने, देख्ने, सुन्ने सहज वातावरण होस् ।
यसले समुहिक काम निम्ताउँदछ । यो सञ्चारको प्रयोगले ल्याउने विकास हो । एक आपसी मतभेद हटाई उपयुक्त वातावरण हुनथाल्यो भने विकास सञ्चारले त्यो भावना समेट्न र विकासमा परिर्वतन ल्याउन मद्दत गर्दछ ।
अन्तमा यो ग्रमिण विकास र सञ्चारको प्रयोगसँगै विकास भन्ने कुरा सरकारले बाहिरी दाताले गर्ने भन्दा, जनताहरु आफै अग्रसर हुन आवश्यक छ । यही विकास अरुले गरिदिने हो भने त्यहाँ अरुको हस्तक्षेप बढ्छ । समाजको इच्छा विपरित जान सक्दछ । हामीले चाहेको विकास सञ्चार सहभागितामूलक विकास हो, जहाँ जनसमुदायको प्रत्यक्ष सहभागिता हुन्छ ।
(लेखक रिपोर्ट नेपालका निर्देशक हुन् ।)