कोशी प्रदेशको मौसममा आंशिक बदली, अन्य ठाँउ सामान्यतया सफा रहने

| 2023 Dec 14 | 08:16 am 309

काठमाण्डौ, मंसिर २८ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  आज दिउँसो कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली र बांकी भू-भागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहनेछ।

राती कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली र बांकी भू-भागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। चिसोबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विभागले अनुरोध गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.