कुनै दिन म टाढा गएछु

रिपोर्ट नेपाल | 2024 Apr 08 | 12:28 pm 361

कुनै दिन म टाढा गएछु भने खबर पठाउनु है

सम्झनामा मिठो गीत गाउनु है

मन दुख्छ ती रातमा तिमि आउँछौ सम्झनामा

गाउँछु मैले रुँदा रुँदै सम्झनामा आउँदा

म आएछु प्रभातको समयमा उज्यालो लिएर

म बगेछु नदी जस्तै यो मनमा माया बोकेर

सिपाही हु फेरी भेट्ने बाचा गरी हिँडेको छु

प्रियसिको सम्झनामा मन्दिरमा पाती चढाएको छु

त्यो मनलाई झस्काउन म आउनेछु

म यहाँ समयको जन्जिरमा परेको छु

कुनै दिन म टाढा गएछु भने खबर पठाउनु है

सम्झनामा मिठो गीत गाउनु है

 

नाम -गोबिन्द राज ओझा (राजन)

ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.