किन हुन सकेन बढुवा भएका इन्स्पेक्टरको दरबन्दी

| 2023 Aug 07 | 10:06 am 9029

काठमाडाैं, साउन २२ । झण्डै झण्डै डेढ दशक पछाडी काँधमा खड्क र खुकुरी क्रस चिन्ह लगाउन पाएका नेपाल प्रहरीका इन्स्पेक्टरहरुको बढुवा भएको हप्ता दिन नाघिसक्दा पनि प्रहरी प्रधान कार्यालय नक्सालले दरबन्दी ताेक्न सकेको छैन ।

कैयाैं इन्सपेक्टर बर्षाै  दिन देखि सरुवा नभएर टाउकोमा हात राखेर बस्न बाध्य पारिएको छ भने बढुवा भएकालाई दरबन्दी कायम गर्न ढिलासुस्ती गर्नुको पछाडी निवर्तमान आइजिपी धिरज प्रताप सिंहको नाम जोडिन आउछ । सिंहले अवकास हुनु केही समय अघि राम्रैसँग रकम लिएर काज सरुवा गरेका इन्स्पेक्टरका कारणले सरुवा र दरबन्दी गर्न नसकिएको समाचार स्रोतको दावी छ ।

वर्तमान प्रहरी प्रमुख आइजिपी बसन्त बहादुर कुँवर त्यसवेला काजमा गएका इन्स्पेक्टरको काज रद्ध गरेर बर्षाै देखि अवसरबाट ब‌ञ्चित भएकालाई सरुवा गर्न चाहेका छन् । आइजिपीको सकारात्मक र न्यायीक सोचलाई पूर्ण विराम लगाउन पूर्व आइजिपी सिंह नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी धर्मपत्नी आरजु राणा र स्वकीय सचिव भानु देउवालाई गुहारेर आइजिपी कुँवर माथी काज  गएकालाई नचलाउन दबाव दिएको बुझिएको छ ।

वर्षाै पछि बढुवा भएका इन्स्पेक्टरको  दरबन्दी कायम नभएपछि प्रधान कार्यालयमा चर्चा परिचर्चा भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.