काभानीको दुर्इ गोलले उरुग्‍वे क्‍वार्टरफाइनलमा प्रवेश

| 2018 Jul 01 | 01:58 am 3745

काठमाडौं- पहिलो चरणमा सतप्रतिशत जित निकाल्दै समुह विजेता बनेको उरुग्वे पोर्चुगललार्इ पराजित गर्दै उरुग्‍वे क्‍वाटरफाइनलमा प्रवेश गरेको छ। उरुग्वेका लागि इडिन्‍सन काभानीले गरेको दुर्इ गोल नै निर्णायक बने।

नेपाली समयअनुसार आइतबार राति ११:४५ बजेबाट शुरु भएको खेलमा उरुग्‍वेले पोर्चुगललार्इ २-१ गोलले पराजित गरेको हो।

खेलको ७ औं मिनेटमा गोल गर्दै पोर्चुगलविरुद्ध उरुग्‍वेले एक गोलको अग्रता लिएको थियो।पहिलो चरणमा समुह विजेता बन्दै दोस्रो चरणमा प्रवेश गरेको े उरुग्‍वेका लागि इडिन्सन काभानीले पहिलो गोल गरेका हुन्।स्वराजले दिएको पासको सहि सदुपयोग गर्दै काभानी गरेको हेडले जाली चुमेको थियो।

पहिलो हाफमा कुनै गोल गर्न नसकेपनि खेलको ५५ औं मिनेटमा पोर्चुगलका लागि जर्सी नम्बर तीनका खेलाडी पेपेले गरेको गोलले पोर्चुगल उरुग्‍वे र पोर्चुगलबीचको खेलमा १-१ को बराबरीमा ल्‍याएको थिय

खेलको ६२ औं मिनेटमा उरुग्‍वेका लागि इडिन्सन काभानीले दोस्रो गोल गरेका हुन्।जुन जितका लागि निर्णायक बन्‍यो।

यो जितसँग क्‍वाटरफाइनलमा प्रवेश गरेको उरुग्वेले अर्जेन्टिनालार्इ पराजित गरेको फ्रान्‍ससँग खेल्ने निश्‍चित भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.