कांग्रेसले माग्यो गृहमन्त्रीको राजीनामा

| 2024 Mar 15 | 01:22 pm 689

काठमाण्डौ ०२ चैत / शुक्रबार प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ । शुक्रबार प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै कांग्रेसका सांसदहरूले उठेर विरोध गर्दै जीनामा मागेका छन् ।

सभामुख देवराज घिमिरेले एक जनालाई बोल्न भनेपछि कांग्रेसका तर्फबाट बोल्दै सांसद प्रदीप पौडेलले गृहमन्त्री लामिछाने अनुसन्धानको घेरामा रहेको हुँदा । लामिछानेको राजीनामा र यसको जवाफ नआए संसद अवरुद्ध हुनसक्ने बताए ।

संसदमा पौडेलले बोल्दै अनुसन्धानमा रहेका व्यक्तिले अनुसन्धानकै नेतृत्व गर्ने थलोको जिम्मेवारी दिनु उचित नहुने भनाइ राखेका थिए । प्रधानमन्त्रीले प्रश्न भएको मानिसलाई गृहमन्त्री बनाउन हुँदैनथ्यो । अनुसन्धानको घेराभित्र रहेको व्यक्ति सरकारको मुख्य पदमा हुँदा सहकारी पीडितको माग कसरी पूरा हुन्छ ? पीडितहरुको विश्वास जित्न नसकेको सरकारले कसरी वित्तीय संकटलाई समाधान गर्न सक्छ उनले सदनमा प्रश्न गरे ?’

पौडेलको प्रश्न छ, ‘अनुसन्धानको घेराभित्र रहेको व्यक्ति सरकारको मुख्य पदमा हुँदा सहकारी पीडितको माग कसरी पूरा हुन्छ ? पीडितहरूको विश्वास जित्न नसकेको सरकारले कसरी वित्तीय सङ्कटलाई समाधान गर्न सक्छ ?’

३१ हजार सहकारीमा ७३ लाख बचतकर्ता रहेको र ती बचतकर्ताले सहकारी सञ्चालकको बचतबाट आफूहरूको बचत फिर्ता दिलाउन माग गरिरहेको भनी यसमा सरकार गम्भीर हुनुपर्ने बताए । उनले यस सम्बन्धमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने पनि माग राखेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.