कांग्रसले तोक्यो ३७ बिभाग प्रमुख

| 2024 Aug 05 | 04:51 pm 3281

काठमाडौं २१ साउन। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्यहरूलाई केन्द्रीय विभागहरूको प्रमुखमा मनोनयन गरेका छन् ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार राज्य प्रशासन विभागको प्रमुखमा गोविन्द भट्टराई, स्थानीय तह समन्वय विभागको प्रमुखमा मधु आचार्य, अभिलेख, अनुगमन तथा मूल्यांकन विभागको प्रमुखमा मानबहादुर विश्वकर्मा मनोनीत भएका छन् ।

त्यस्तै, संघीय मामिला समन्वय विभागको प्रमुखमा चन्द्रबहादुर केसी, संसदीय मामिला विभागको प्रमुखमा गोविन्द्रबहादुर शाह र कानून विभागको प्रमुखमा मानबहादुर नेपाली मनोनीत भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.