काठमाडौं, असार १८ । काठमाडौं महानगरपालिका अन्तरगतका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीहरुका लागि वितरण गर्ने छात्रवृत्तिको महानगरपालिकाले आफैं विद्यार्थी छनोट गर्ने भएको छ । मेयर बालेन्द्र साहले आफ्नाे फेसबुक पेज मार्फत् उक्त कुरा जनाएका छन् ।
‘काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ तथा शिक्षा नियमावली, २०७४ मा व्यवस्था भए बमोजिम काठमाडौं महानगरपालिका अन्तर्गतका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीहरूका लागि वितरण गर्ने छात्रवृत्तिको लागि विद्यार्थी छनोट परीक्षा शैक्षिक सत्र ०८०/०८१ देखि महानगरपालिकाले आफै सञ्चालन गरी सामुदायिक विद्यालयमा अध्ययन गरेको , जेहेन्दार, पिछडिएको क्षेत्र, जनजाती, आदिवासी,गरिव लगायतका छनोटका आधार तयार गरी योग्यताक्रमका आधारमा छात्रवृत्ति प्रदान गरिने बताएका हुन् ।
महानगरपालिका अन्तरगत रहेका निजी विद्यालयहरुले महानगरले छनौट गरेका विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरी पढाउनु पर्ने छ ।