काठमाडौं, साउन १: नवगायिका स्मिता दाहालको स्वरमा सजिएको पानीको कुवाको लार्इ एकै दिन २ लाखभन्दा बढीले हरेका छन्। जुन १२ अर्थात सोमबार यट्युवमा राखिएको यस गितलार्इ दुर्इ लाख भन्दा बढीले हेरेका छन्।
स्मिता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डकी नातिनी हुन । दिनेश थपलियाको शब्द रहेको यस गितको स्वरका लागि स्मितलार्इ सरोज ओलीले साथ दिएका छन्।
कबिराज गहतराजले निर्देशन गरेको ‘पानी कुवाको’लार्इ शुभ मिडिया होमले बजारमा ल्याएको हो। गीतमा कार्टुन क्रू, प्रियंका कार्की, सरोज ओली र स्मिता दाहालले अभिनय गरेका छन्।
यसअघि स्मितिले रागिनी नामक म्यूजिक भिडियो ल्याएकी थिइन। कोही फूल जस्ती भन्छन बोलको उक्त एल्बमको गीत पनि निकै चर्चित भएको थियो। स्वरमा आफ्नै मौलिकता भएकी स्मिताको यो गीत अहिलेसम्म युटयूबमा ट्रेण्डिङ क्रममा रहेको छ ।
भिडियो