उदयपुरगढीले १ गोल गर्दै प्रथम जाल्पा गोल्ड कपको फाइनलमा प्रवेश

रिपोर्ट नेपाल | 2019 Apr 15 | 10:27 pm 2524

  • शंकर रिखाम मगर

उदयपुर(मुर्कुची), वैशाख २: उदयपुर सिमेन्ट उद्याेग लिमिटेड उदयपुर र गोर्खा व्रुअरी कम्पनी लिमिटेडको मुख्य प्रायोजन तथा त्रियुगा नगरपालिका र वडा नम्वर १६ को सहयोगमा जाल्पा स्पोर्ट क्लव सुकौराद्वारा आयोजित प्रथम जाल्पा गोल्डकपको अन्तिम सेमिफाइनल खेलमा शुन्यको विरुद्ध १ गोलले उदयपुरगढी फाइनलमा प्रवेश गरेको छ ।

सोमबारको सेमि फाइनल खेलमा उदयपुरगढी ११ र असारी फुटवल क्लवबीच भएको थियो । उक्त खेल ६० मेनेटको समय खेलाइएको थियो । खेल सुरु भएको ४ मिनेटमा उदयपुरगढी ११ का जर्सी नम्बर ७ का खेलाडी योगेश वुर्जा मगरले सजिलै १ गोल हानेर समुहलाई फाइनलमा पुर्‍याएको छ ।

मङ्गलबार हुने फाइनल खेलको समापन समारोह त्रियुगा नगरपालिका मेयर बलदेव चौधरीको प्रमुख अतिथिमा दिनको ११ बजे हुने भएको छ भने खेल दिउँसो ठिक ३ बजेबाट सुरु गर्ने आयोजकले बताएका छन् ।

उक्त फाइनल खेलमा उदयपुरगढी गाउँपालिका ११ र गाइघाट फुटवल क्लबबीच हुने आयोजकले जानकारी दिए ।

सोमबार भएको दोस्रो सेमिफाइनको खेलमा प्रमुख एम्पायर फारुक अहमत, सहायक एम्पायरमा अमरवहादुर राई र मनिश थापा मगरले खेलाएका थियो भने फोर्थ अफिसियलमा उमेश दनुवारबाट खेल संचालन गरिएको थियो।

फाइनल खेलमा सर्वोत्कृष्ट खेलाडीलाई सानिमा इन्सुरेन्स बिमा कम्पनिले निशुल्क ५ लाख रुपैयाँको बिमा गरिदिने पनि जाल्पा स्पोर्ट क्लबका अध्यक्ष भुवन दाहालले जानकारी गराए । मेडिकल प्रविधिक प्राथमिक उपचारको लागि सहरी विकास स्वास्थ्य केन्द्र त्रिनपा १६ सुकौराका इन्चार्ज सत्यनारायण शाहले निरन्तर रुपमा आफ्नो भुमिका निर्वाह गरेका थिए ।

प्रथम जाल्पा गोल्ड कप २०७५ को प्रथम विजेता समुहले १ लाख १ हजार १ सय ११ रुपैयाँ नगद सहित ट्रफी र मेडत प्राप्त गर्नेछन् भने उप विजेता समुहले ५० हजार ५ सय ५ रुपैयाँ नगद सहित मेडल र ट्रफी पाउने आयोज समितिका अध्यक्ष भुवन दाहालले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.